म्याग्दीका श्रेष्ठ अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै

विकल्प न्यूज/बेनी
माघ १७ गते ।Anupam Shreshta

म्याग्दीका एक खेलाडी १२ वर्ष मुनीका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुनका लागि छनौट भएका छन् ।

जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागीता जनाउने नेपाली टोलीमा बेनी नगरपालिका ७ का अनुपम श्रेष्ठ छनौट भएका हुन् । पोखरामा भएको छनौट प्रतियोगिताबाट बेनी आवासीय माविमा अध्ययनरत श्रेष्ठ छनौट भएको विद्यालयका खेल प्रशिक्षक बिनोद घर्तीले बताउनुभयो ।

आगामी चैतमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अस्टे«लीया, दक्षिण कोरीया, चीन, ताइवान, घाना लगायतका देशका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । म्याग्दीका खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने नेपाली टोलीमा छनौट हुनु गौरवको बिषय भएको प्रशिक्षक घर्तीले बताउनुभयो ।

गौचनसहित फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानो, प्रशिक्षक राजेन्द्र तामाङ, राखेप पूर्व फुटबल प्रशिक्षक शम्भु केसी लगायत टोलीले खेलाडी छनोट गरेको हो ।जापानस्थित फन रुट्स एकेडेमीका प्रशिक्षक रहेका वसन्तले चैतमा हुने प्रतियोगिता मा बेनी आवासयी माविका विद्यार्थी समेत रहेका श्रेष्ठ छनौट भएपछि विद्यालयमा खुसीयाली छाएको छ ।

‘विद्यालयको उत्पादनले राष्ट्रिय टोलीबाट अन्र्तराष्ट्रियस्तरको खेलमा सहभागिता जनाउने अवसर पाएका छन् । यो म्याग्दीकै लागि फुटबलमा गौरवको विषय हो’ खेल प्रशिक्षक बिनोद घर्ती क्षत्रीले बेनीअनलाइनलाई भने । उनले विद्यालयले शैक्षिक संगै खेलकुद प्रतियोगितामा समेत दिएको प्राथमिकताको परिणाम समेत भएको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । उनले छनौट भएको जानकारी पाएपछि विद्यालयलमा खुसीयाली छाएको बताए । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अस्ट्रेलिया, दक्षिण कोरिया, चीन, ताइवान, घाना लगायतका देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।