ताजा समाचार:
Search

जेसीजकपमा माउण्टको विजयी सुरुवात

विकल्प न्यूज/बेनी
पुस १५ गते ।

IMG_2947शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट आवासिय माविले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भिम मावि राजदाङ देविस्थानलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

त्यस्तै प्रतियोगितामा साविक उपविजेता न्यू वेष्ट प्वाइन्टले पनि विजयी सुरुवात गरेको छ । बलियो प्रतिद्धन्द्धी बेनी बोर्डिङलाई पेनाल्टी सुटआउटमा स्तब्ध तुल्याउँदै न्यू वेष्ट प्वाइन्टले जित निकालेको हो । निर्धारित समयमा २–२ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो, जसमा न्यू वेष्ट प्वाइन्टले बाजी मार्न सफल रह्यो ।

त्यस्तै शनिबारै सम्पन्न अर्को खेलमा केवी एकेडेमी दरबाङले एकपक्षीय प्रभावशाली जित निकालेको छ । लोकदीप आवासिय माविलाई ७–१ गोलअन्तरले हराउँदै एकेडेमीले आफ्नो दबदबा देखाएको हो । चौथो खेलमा लिटल गार्डेन एकेडेमीले पनि पेनाल्टी सुटआउटमा किसानी मावि धारापानीलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

निर्धारित अवधीमा दुबै टिमबाट १–१ गोल भएपछि पेनाल्टीमा लिटल गार्डेनले बाजी मार्दै अघि चरणमा प्रवेश गरेको म्याग्दी जेसीजले जनाएको छ । १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिए । प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
प्रतियोगिता समापन अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । रिखार दैनिक