ताजा समाचार:
Search

शुक्रवार देखी बेनीमा १६ औं जेसीज कप फुटवल प्रतियोगिता

विकल्प न्यूज/बेनी
म्याग्दी, १३ पुस ।

????????????????????????????????????

म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि सुरु हुन लागेको जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । १६ औँ जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिले विहिवार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनको लागि आबश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको थियो ।

कार्यक्रममा जेसीजकप फुटवल प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतियोगिताको लागि अर्थसंकलन कार्य जारी रहेको र खेलमैदान व्यवस्थापनलाई तिब्रता दिईएको बताउनुभयो । जिल्लामा रहेका सबै माध्यमिक विद्यालयहरुलाई पत्राचार गरिसकिएको र अहिलेसम्म १८ विद्यालयले सहभागीता जनाउने निश्चित भईसकेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउनेछन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिनेछ ।

बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक बर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । प्रतियोगिताको शुक्रवार उद्घाटन गरिने र शनिवार देखि बेनी स्थित खुलामञ्चमा प्रतियोगिता सञ्चालन हुने म्याग्दी जेसिजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो । प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुहुनेछ ।

प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष स्मृति कोष रहेको छ । करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिता पुस २० गते सम्पन्न हुनेछ ।
त्यस्तै सोही अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय युवा क्लबहरुबाट विगतमा जेसीज कपमा सहभागीता जनाएकै व्यक्तिहरुलाई अफिसियलको रुपमा राखिने म्याग्दी जेसीजका पूर्व अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।

गत बर्ष सेमिफाईनमा प्रवेश गरेका टिमहरुलाई छुट्टाछुट्टै समुहमा राखेर चार समुहमा गोलाप्रथाद्धारा खेल खेलाईनेछ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महोसंघका अध्यक्ष तारानाथ शर्माले युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय म्याग्दी जेसीजले हरेक बर्ष आयोजना हुने जेसीज कपले विद्यार्थीहरुमा फुटवल खेल प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।