खेलकुद

छात्रा फुटबल प्रतियोगितामा माउन्ट र गलेश्वर मावि फाइनलमा प्रवेश

विकल्प न्यूज/बेनी भदौ २६ गते ।  महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको अन्तर माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट आवासीय मावि र गलेश्वर आदर्श अवसीय माध्यामिक विद्यालय गलेश्वर फाइनलमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा माउन्टले न्यू वेष्ट प्वाइन्टलार्इृ शुन्यका विरुद्ध १ गोल गरेर फाइनलमा प्रवेश गरेको हो […]

अपडेट ः माविस्तरीय छात्रा फुटबल प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ २५ गते । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’÷‘हामी सक्छौं’ भन्ने मूल नारासहित म्याग्दीमा सोमबारदेखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । हिन्दु नेपालीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर जिल्ला खेलकुद विकास समिति म्याग्दीद्वारा दोस्रो संस्करण अन्तर्गत अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । म्याग्दी जिल्ला खेलकुद रनिङ […]

बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु(फोटोसहित)

विकल्प न्यूज/बेनी भदौ २५ गते । महिलाहरुको महान पर्व हरितालिका तीज अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो । माध्यमिक स्तरीय छात्रा फुटबल प्रतियोगितामा १२ विद्यालयले भाग लिएका छन् । यो दोस्रो संस्करण हो । फुटबल प्रतियोगिताको उदघाटन […]

निजामति दिवसका अवसरमा बेनीमा ब्याडमिन्टन प्रतियोगिता

विकल्प न्यूज/बेनी भदौ १९ गते । निजामति सेवादिवस २०७५ का अवसरमा बेनीमा जिल्ला स्तरीय अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला न्यायाधिश राजकुमार कोइराला र प्रहरी निरिक्षक लोकवहादुर गुरुङको समुह प्रथम भएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको समुहलाई पराजित गरेका हुन । प्रजिअ अधिकारी र बेनी नगरपालिकाका लेखा अधिकृत […]

जनप्रतिनिधिलाई कर्मचारीको ५ गोल !

विकल्प न्यूज/बेनी भदौ १५ गते ।   जनप्रतिनिधि र कर्मचारी विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीहरुले २ का विरुद्ध ५ गोल गरेर कर्मचारी मिलनकेन्द्र विजेता बनेको छ । राष्ट्रिय खेलकुद परिषदको ५५ औं स्थापना दिवसका अवसरमा बेनीको खुल्ला मञ्चमा कर्मचारी मिलन केन्द्र र बेनी नगरपालिकाका जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । जिल्ला खेलकुद […]

एसियाली खेलकुदमा म्याग्दीकी ताराको तिन नयाँ कीर्तिमान

विकल्प न्यूज/बेनी भदौ ११ गते । इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदप्रतियोगितामा म्याग्दीकी तारा पुनले नयाँ कीर्तिमान कायम गरेकी छिन् । महिला भारोत्तोलक पुनले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन । आइतवार जकार्ता इन्टरनेसनल एक्स्पो हलमा सागकी कांस्यपदक विजेता तारादेवीले स्न्याचमा ७४ केजी र क्लिक एन्ड जर्कमा एकसय १ केजीसहित कुल १ सय […]

प्रतिभाशाली खेलाडी कमला पुन

विकल्प न्यूज/बेनी साउन २६ गते ।  हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको मालिका गाउँपालिका ३ रुमडाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक […]

खेलकुदमा महिला सहभागिता वृद्धि गर्न दुईदिने तालिम

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १९ असार । “महिला हिसां विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने मुल नाराका साथ म्याग्दीको बेनीमा खेलकुदमा महिला सहभागिता अभिवृद्धि सम्वन्धि दुई दिने तालिम सुरु भएको छ । माध्यमिक तहमा अध्ययनरत छात्र विद्यार्थीहरुको खेलकुद क्षेत्रमा भएको सम्भावना र अवसरमा बढी सहभागिता गराउने उद्देश्यले अभिवृद्धि तालिम आयोजना गरिएको […]

दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण

सन्तोष गौतम/विकल्प न्यूज बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी […]

आर्चरी प्रतियोगितामा दोभान बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २० फागुन । थकाली समुदायको महान पर्व तोरन्ल्हको अवसरमा आईतबार बेनीमा आर्चरी (घनुषवाण) प्रतियोगिता सम्पन्न भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र र थकाली युवा परिवारको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा बेनीको दोभान आर्चरी कल्वको ए समूह प्रथम र बि समूह दितृय भएका छन् । छ समूह सहभागी प्रतियोगितामा थकाली […]

वेष्ट प्वाइन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपति रनीङ शिल्डको उपाधी पनि वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर रनीङ शिल्ड […]

रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी फागुन १४  गते ।  बेनी नगरपालिका १ रत्नेचौरमा सोमवार देखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागु पूर्णिमाको अवसरमा रत्नेचौर जागर समुहले फागुन १४ देखि १७ गते सम्म प्रथम रत्नेचौर जागरण कप फुलबल प्रतियोगिताको आयोजना गरेको हो ।  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद भुपेन्द्रवहादुर थपाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो […]

क्रिकेट खेलाडी केसीलाई बेनीमा सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन ।नेपाली क्रिकेट टोलीका खेलाडी करन केसीलाई मंगलबार बेनीमा सम्पन्न गरिएको छ ।  नेपाली क्रिकेट टोलीलाई विश्वकप छनौट खेलमा बिजयी गराउन योगदान गरेकोमा बेनी नगरपालीका र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गरिएको हो । हालै नामीभियामा नेपालले क्यानडालाई पराजीत गर्दै विश्वकप खेल्नका लागि छनौट भएको थियो […]

सदरमुकाम बाहिर पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १ फागुन । म्याग्दीमा पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालिकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा […]

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ । जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]