गण्डकी प्रदेश स्तरीय छात्र भलिबलको उपाधी माउण्टलाई

साधन राम्जाली /विकल्प न्यूज
पुस १७ गते ।  म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको गण्डकी प्रदेशस्तीय छात्र भलिबलको उपाधी बेनीको माउन्ट एभरेष्ट आवशीय माविले हात पारेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन र म्याग्दी बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा पहिलो पटक सञ्चालन भएको गण्डकी प्रदेश स्तरी अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको हो ।

क्याम्पसको प्राङ्गण फुलबारीमा मगलबार सम्पन्न फाइनल खेलमा धौलागिरि बहुमुखि क्याम्पस बागलुङलाई पराजित गरि पहिलो गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र भलिबल प्रतियोगितको उपाधी चुम्न सफल भएको हो ।
रोचक एवम् प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाइनल खेलमा माउण्ट एभरेष्ट आवासिय माविले धौलागिरी बहुमुखी क्याम्पस माथि दुईका बिरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै उपाधी चुम्न सफल भएको हो ।

जित संगै बिजेता क्याम्पस माउण्ट एभरेष्ट आवासिय माविले नगद ४० हजार रुपियाँ नगद र शिल्ड मेडल प्रमाण्पत्र हात पारेको छ । उपविजेता धौलागिरि बहुमुखी क्याम्पस बागलुङले २५ हजार रुपियाँ र मेडल प्रमाणपत्र हात पारेको छ । त्यसैगरि सेमिफाइनलबाट बाहिरिने टिमलाई समेत छात्रतर्फ नगद रु ८ हजार र छात्रातर्फ नगद रु ५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

गत १४ गते देखि सुरु प्रतियोगितमा आयोजक सहित २४ क्याम्पसको सहभागिता रहेको आयोजक सदस्य स्वतन्त्र विद्यार्थी युनियन सदस्य रश्मी रोका मगरले जानकारी दिनुभयो ।