खेलकुद
मालिकामा सम्पन्न ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयलाई कति पदक ?
साधन राम्जाली/विकल्प न्यूज दरबाङ,फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग देविस्थानले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि हात पार्न सफल भएको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण […]
मालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयले कति पदक जिते
दरबाङ्ग फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग ,देविस्थानले उचालेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि जितेको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण सहित जनप्रिय मावि दरबाङ्ग तृतिय […]
गाउँपालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’को उपाधि भिम माविलाई
यामनाथ पौडेल / विकल्प न्युज दरबाङ्ग, फागुन ५ गते । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा सम्पन्न गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि भिम मावि राजदाङ, देविस्थानले हात पारेको छ । आइतबार गाउँपालिका केन्द्र वडा नं ६ दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण प्राप्त गरि भिम माविले उपाधि चुम्न सफल भएको हो । यसैगरि प्रतियोगितामा ६ […]
जनप्रिय मावि दरबाङलाई कवड्डी तर्फ छात्र तथा छात्राको उपाधि
साधन राम्जाली/दरवाङ फागुन ५ गते । मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवड्डी खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी […]
अभिभावक भेलासहित उसु खेलाडीको ग्रेडिङ
विकल्प न्यूज/बेनी फागुन ४ गते । दुईवर्ष अगाडि स्थापना भएको जिल्ला उसु संघ म्याग्दीको आयोजनामा उसु खेलाडीहरुको ग्रेडिङ शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । म्याग्दी जिल्लामै पहिलोपटक उसु खेलका खेलाडीका अभिभावहरुको भेलासहित गरिएको उसुको ग्रेडिङमा उसु खेलाडीका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । जिल्ला उसु संघ म्याग्दीमा आबद्ध ४४ जनाको ग्रेडिङ गरिएको म्याग्दीका उसु […]
फागुन ३ देखी मालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड हुने
साधन राम्जाली मगर/विकल्प न्युज माघ २५ गते । म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहिबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नं ६ दरबाङमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको १ नम्वर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टंकप्रसाद पुन मगरले जानकारी दिनुभयो । बिहिबार बसेको […]
रघुगंगाको झिँमा राष्ट्रपति रनिङ्ग शिल्ड हुने
विकल्प न्यूज/बेनी माघ २४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गत सोमबार बसेको गाउँकार्यपालिकाको वैठकले वडा नम्बर ५ झिँमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको ३ नम्बर वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता जिवनबहादुर मल्लले जानकारी दिनुभयो । चाँढै नै […]
न्यु वेष्ट पोइन्टमा खेलाडी सम्मान
विकल्प न्यूज/बेनी माघ २२ गते । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्स, भलिबल कबड्डी र मार्शल आर्ट्स तर्फका ७० जना खेलाडीहरु, टिम म्यानेजर र खेल शिक्षकलाई सम्मान गरेको हो । माघ १८ देखि २० सम्म सदरमुकाम बेनी बजारमा सम्पन्न नगरपालिका स्तरीय […]
प्रथम बेनी नगर कपको उपाधि माउण्टले चुम्यो
विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट आवाशीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार कालिपुलमा सम्पन्न अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि माउण्टले हातपार्न सफल भएको हो । माउण्टले १९ स्वर्ण ३ रजत र १३ काश्य प्राप्त गरी प्रथम भयो । यसै […]
छात्रा भलिबलमा माउण्टको जित
विकल्प न्यूज/बेनी माघ २० गते । बेनी नगरस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बेनीको माउण्ट आवाशिय माविले जितेको छ । बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतवार सम्पन्न छात्रा भलिबल प्रतियोगितामा माउण्ट एभरेष्टले न्यू वेष्ट प्वाईन्ट आवाशीय माविलाई ३– ० सोझो सेटमा पराजित गर्दै जित हात पारेको हो । छात्र तर्फ माउन्ट र न्यू […]
बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री […]
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई आठ पदक
विकल्प न्यूज/बेनी माघ १४ गते । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीले आठ वटा पदक जितेको छ । कास्की तेक्वान्दो संघ र हिमालयन कम्प्युटर पोखराको आयोजनामा माघ ११ र १२ गते भएको प्रतियोगितामा सर्वोकृष्ट सहित एक वटा स्वर्ण, एक वटा रजत र पाँच वटा कास्य पदक जितेका हुन् । छ वटा जिल्लाका खेलाडीहरुले […]
धनजनता माविले चुम्यो उपाधि
गोपाल आचार्य/ताकम पुस २९ गते । धौलागिरी गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता मावि मुनाले जितेको छ । हेममावि सिवाङमा माविमा सम्पन्न भएको अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि धनजनता मावि मुनाले हातपार्न सफल भएको हो । धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक […]
वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनी पुस २९ गते । वेष्ट पोइन्ट कलेजमा ब्याचलर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कलेजको बिबिएस तहमा अध्ययन गर्ने विद्यार्थीहरुको क्लब Influential Bachelor क्लबIB Club ले प्रतियोगिता आयोजना गरेको हो । बिबिएस प्रथम वर्ष देखि चौथो वर्ष सम्म अध्ययन गर्ने विद्यार्थीहरुको क्लबले हरेक बर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ३ दिन सम्म […]
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत
सन्तोष गौतम/विकल्प न्यूज पुस २९ गते । भारतको दक्षिण बंगालमा हालै भएको अन्तराष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका निर्मलबहादुर कटुवाललाई आइतबार बेनीमा सम्मान गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढा, […]