ताजा समाचार:
Search

मालिकामा सम्पन्न ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयलाई कति पदक ?

साधन राम्जाली/विकल्प न्यूज
दरबाङ,फागुन ६ गते ।  म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग देविस्थानले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि हात पार्न सफल भएको हो ।

६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द्धितिय तथा चार स्वर्ण सहित जनप्रिय मावि दरबाङ्ग तृतिय भएको छ । एघार विद्यालयको सहभागि रहेको प्रतियोगितामा रजत र कास्य पदक भने राष्ट्रिय मावि बाहेक सबै विद्यालयले हात पारेका छन् । तीन दिन सम्म संचालित प्रतियोगितामा छात्र/छात्रा भलिबल ,कवडि र एथलेटिक्स खेलहरु भएका थिए ।

प्रथम भिम मावि राजदाङ्गले एथलेटिक्समा आठ स्वर्ण ,पाँच रजत र ६ कास्य , द्धितिय केवि बोडिङ्गले ६ स्वर्ण, चार रजत र दुई कास्य तथा तृतिय जनप्रिय मावि दरबाङ्गले चार स्वर्ण ,५ रजत ,६कास्य पदक हात पारेको छ ।यसैगरि किसानी मावि विमले चार स्वर्ण , ६ रजत र ७ कास्य , गौवमबस्त मावि देविस्थानले चार स्वर्ण ,तीन रजत र एक कास्य, ओखरबोट मावि ओखरबोटले एक स्वर्ण, दुई रजत र तीन कास्य ,अमरज्योति मावि डाडाँगाउँले दुई स्वर्ण र दुई रजत ,दरबाङ्ग ईङ्गलिस बोडिङ्ग स्कुलले एक कास्य ,सिद्धार्थ मावि च्युरिबोटले एक रजत र तीन कास्य तथा निस्कोट मावि निस्कोटले एक रजत हात पारेको छ ।प्रतियोगिातामा किसानी मावि विम ,जनप्रिय मावि दरबाङ्ग र गौवम बस्त मावि देविस्थानको समान अंक चार स्वर्ण रहे पनि जनप्रिय मावि दरबाङ्ग कार्यक्रम निर्देशिका अनुसार फिल्डको आधारमा तृतिय हुन सफल भएको वडा नं ६का अध्यक्ष एवम् कार्यक्रम संयोजक सन्तनाथ सुवेदीले जानकारी दिनुभयो ।