ताजा समाचार:
Search

जनप्रिय मावि दरबाङलाई कवड्डी तर्फ छात्र तथा छात्राको उपाधि

साधन राम्जाली/दरवाङ
फागुन ५ गते ।
मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवड्डी खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको कार्यक्रम संयोजक सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

हारसंगै छात्र किसानी मावि विम र छात्रातर्फ सिद्धार्थ मावि च्युरिबोटले द्धितिय स्थानमा चित्त बुझाउन बाध्य भएका छन । यसैगरि छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङ तृतिय भएका छन् ।

प्रथम भएको जनप्रिय मावि दरबाङले छात्र÷छात्रातर्फ १० हजार रुपैयाँ ,कप, मेडल र प्रमाणपत्र पाएका छन् । द्धितियी भएका छात्र किसानी मावि विम र छात्रातर्फका सिद्धार्थ मावि च्युरिबोटले ७ हजार कप मेडल प्रमाणपत्र पाएका छन् भने तृतिय भएका छात्र तर्फ दरबाङ ईङ्गलिस बोर्डिङ्ग स्कुल तथा छात्रा तर्फ केवि एकेडेमी दरबाङले ५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र हात पारेका छन् ।प्रतियोगितमा छात्र किसानी मावि विमका पुर्ण पुन मगर छात्रा तर्फ जनप्रिय मावि दरबाङकी सजिना किसान उत्कृष्ट खेलाडिबाट पुरस्कृत हुनुभएको छ ।

कार्यक्रममा गाउँलिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बिजेता ,उपविजेता र सान्त्वना तथा उत्कृष्ट विद्यालयलाई पुरस्कारले सम्मान गर्नुभएको थियो । वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली मगर र कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले खेलाडिलाई अविर खादाले सम्मान गर्नुभएको थियो ।