बिजनेस
भ्रमण वर्ष २०२० का पर्यटकलाई स्वागत गर्न बेनीमा माघेसंक्रान्ति मेला
विकल्प न्यूज/बेनी पुस २३ गते । एकहप्ता अघि सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत गर्न बेनीमा माघेसक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुले भ्रमण वर्षको अवसर पारेर परम्परागत रुपमा बेनीमा लाग्ने माघेसंक्रान्ती मेलाको जर्गेना गर्नका लागि सदरमुकाम बेनीमा मेलाको आयोजना गर्ने भएका हुन । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको […]
सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो
विकल्प न्यूज/बेनी पुस २० गते । बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो । वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म […]
कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी […]
पर्यटन वर्ष २०२० ः जोमसोम पुगेका पर्यटकलाई स्वागत
विकल्प न्यूज/मुस्ताङ पुस १७ गते । जोमसोम भ्रमणमा पुगेका पर्यटकहरुलाई स्थानीयवासीहरुले स्वागत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुलाई जोमसोमवासीहरुले स्वागत गरेका हुन । पर्यटन वर्षको पहिलो दिन पोखरा÷जोमसोम हवाई स्वदेशी तथा विदेशी पर्यटकलाई जोमसोम विमानस्थलमा भव्य स्वागत गरिएको हो । जिल्ला समन्वय समिति मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना […]
भ्रमण वर्ष सुरु
विश्वास रेग्मी काठमाडौँ, पुस १६ गते । २० लाख पर्यटक भिœयाउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी […]
कारोवार सुरु गरेको छोटो अवधि मै शालीग्राम लघुवित्तको डेढकरोड भन्दा वढी लगानी
विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले छोटो अवधिमै आफ्नो […]
सामुहिक रुपमा सीप सिक्दै दोबाका महिला (भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस ८ गते । अन्नपूर्ण गाउँपालिका–१ दोवाका महिलाहरु गाउँमै सीप सिकेर उद्यमी बन्न थालेका छन् । आधारभूत होजियारीको तालिम लिएका महिलाहरुले गाउँमा स्विटर,,गलबन्दी,झोला लगायतका सामाग्रीहरु तयार पार्न थालेका हुन । गाउँमा उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन समेत भएपछि महिलाहरु उत्साहित भएका छन् । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) को आर्थिक सहयोगमा […]
मुक्तिनाथ सहकारीको स्थापना दिवसमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
विकल्प न्यूज/बेनी मंसिर २९ गते । बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ औं स्थापना तथा दशौं हिरा स्मृति दिवसका अवसरमा ज्येष्ठ नागरिक आश्रमलाई सहयोग गरेको छ । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमलाई सहकारीले आइतवार १६ हजार रुपैयाँ बराबरको चामल,दाल लगायत खाद्यान्न सहयोग गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो ।संस्थाका उपाध्यक्ष डण्डपानी […]
सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, मंसिर २ गते । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी […]
एउटै बोकाको मूल्य तीन लाख रुपैयाँ
२६ कत्तिक, बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको […]
लोकदिप सहकारीमा नयाँ सञ्चालक समिति चयन
विकल्प न्यूज/बेनी कार्तिक १६ गते । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर श्रेष्ठले सहकारीमार्फत […]
सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः कार्की
धु्रबसागर शर्मा /विकल्प न्यूज असोज १३ गते । नमस्ते धौलागिरि बचत तथा क्रृण सहकारी संस्था लिमिटेड गोंगबु काठमाण्डौंका अध्यक्ष रामबहादुर कार्कीले सहकारीको लगानी अब उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्ने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा संचालित हातेमालो बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको आइतवार सम्पन्न आठौं वार्षिक साधारण सभामा प्रमुख अतिथी कार्कीले यस्तो बताएका […]
मुक्तिनाथ सहकारीको १२ औं वार्षीक साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी असोज १२ गते । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो । छरिएर रहेको पुँजीलाई सहकारीको माध्यमबाट संकलन गरी उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाव […]
मल्लाज बहुउद्देश्यीय सहकारीको १२ औं वार्षिक साधारणसभा
सदस्यका उत्पादनहरु संकलन र बजारीकरणमा जुटौ ः जि.सी. विकल्प न्युज बागलुङ,भदौ१५गते । राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीका सदस्यहरुले गरेका उत्पादनहरुको संकलन र बजारीकरणमा बहुउद्देश्यीय सहकारीहरु केन्द्रीत हुनु पर्नेमा जोड दिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभाको शनिवार […]
सेतो गुराँस सहकारीको तीज कार्यक्रम
विकल्प न्युज बेनी, भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य […]