लभ्लीहिलमा फरफरायो पर्यटन वर्ष अंकित झण्डा (फोटो /भिडियो सहित)

विकल्प न्यूज/बेनी
माघ १८ गते ।     म्याग्दी जेसिजले पर्यटन २०२० लाई सफल पार्नका लागि बेनी नगरपालिका २ स्थित पर्यटकीय स्थल लभ्लीहिलमा पर्यटन वर्षको लोगो अंकित झण्डा र राष्ट्रिय झण्डा राखेको छ ।

शाखा अध्यक्ष सुजन बरुवाल सहितको जेसिजका नवनिर्वाचित पदाधिकारीहरु शनिबार लभ्लीहिलमा पुगेर झण्डा राखेका हुन । बरुवाल निर्वाचित भएपछिको यो जेसिजको पहिलो कार्यक्रम हो ।

पर्यटन वर्षलाई सफल पार्नका लागि लभ्लीहिलमा लोगो अंकित झण्डा राखेको अध्यक्ष बरुवालले बताउनुभयो । नयाँ पर्यटकीय गन्तव्यका रुपमा परिचत लभ्लीहिललाई प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो अंकित झण्डा राखिएको अध्यक्ष बरुवालले बताउनुभयो ।

जेसिज सदस्यहरुले लभ्लीहिलमा सरसफाई गर्नुका साथै फोहोर संकलन गर्ने दुईवटा डस्टविन राखेको जेसिजका महासचिव सुमन बानियाँले जानकारी दिनुभयो । कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ,निवर्तमान अध्यक्ष खम थापा,पूर्व अध्यक्ष नारायण बराइली, विनय श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।