ताजा समाचार:
Search

लालिगुराँस महिला विकास सहकारीको १३ औं साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
पुस २६ गते ।   बेनी नगरपालिका ३ भकिम्लीमा रहेको लालीगुराँस महिला विकास वहुउद्देयीय सहकारी संस्था लिमिटेढको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले देउकली पुनको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रकली पुन,सचिव गीता सुवेदी,कोषाध्यक्ष जमुना रोका,सहसचिव खिमा पुन चयन भएका छन् । यसै गरी सदस्यहरुमा तारा घर्ती,रेखा विक,भविकला श्रीस,सरस्वती सापकोटा,रत्न कुमारी पुन र भविसरा पुन रहेको सचिव गीता सुवेदीले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वडा नम्बर ३ का सदस्य रत्नबहादुर जिसीले महिलाहरुले सञ्चालन गरेको सहकारीले महिलाहरुलाई आयआर्जन र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । महिलाहरुलाई सहकारीमा आवद्ध बनाई उनीहरुको क्षमता विकास र आर्यआर्जनमा जोड दिनुपर्र्ने उहाँको भनाई थियो । महिलाहरुले सञ्चालन गरेको सहकारीले गाउँमा सकरात्मक क्रियाकलापहरु सञ्चालन गरेको उहाँले बताउनुभयो ।

बेनी नगरपालिका सहकारी शाखाका प्रमुख कुमार रिजालले सहकारीका सिद्धान्त र नीति नियमका वारेमा जानकारी गराउनुभएको थियो । महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको क्षमता विकासका लागि नगरपालिकाले आगमी दिनमा आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । साधारणसभा सहकारीकी सचिव गीता सुवेदीले संस्थाको प्रगति र कोषाध्यक्ष चन्द्रकली पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
एकसय ९१ जना महिलाहरु आवद्ध संस्थाको कुल शेयर पुँजी १२ लाख १५ सय रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा ८ लाख २२ हजार तिन सय ५४ रुपैयाँ कुल आम्दानी गरेको कोषाध्यक्ष पुनले जानकारी दिनुभयो ।

संस्थाको अध्यक्ष देउकली पुनको अध्यक्षता,सदस्य सतदेवी छन्त्यालको स्वागत र सचिव सुवेदीको सञ्चालनमा सहकारीको साधारणसभा सम्पन्न भएको थियो ।