समाचार

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता

विकल्प न्यूज/बेनी पुस १८ गते । बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु, सटफुट र दौडका २६ वटा खेलको फाइनल भएको छ । प्रकाश माविले ६ वटा स्वर्ण, दुई वटा […]

जनतालाई कानुन अनुसारको सेवा सहज रुपमा उपलब्ध हुन्छः नवआगन्तुक प्रजिअ पौडेल

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रशासनबाट कानुन अनुसारको सेवा जनतालाई सहज रुपमा उपलब्ध हुने प्रतिवद्धता जनाउनुभएको छ। सोमबार जिल्लामा कार्यरत पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले कार्यालयबाट जनताले पाउने सेवाप्रवाहलाई सहजीकरण गर्ने जनाउनुभएको हो । ग्हमन्त्रालयको निर्देशन अनुसार प्रशासनिक सेवालाई कानुन अनुसार गुणस्तरीय सेवा ध्यान दिने, कानुनी कारबाही […]

कालिगण्डकीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालन

विकल्प न्यूज/बेनी पुस १८ गते ।   सदरमुकाम बेनी बजारको कालिपुल स्थित वसपार्कमा कालिगण्डकी नदीमा ¥याफ्टिङ सुविधा सहितको होटल सञ्चालनमा आएको छ । रघुगंगा गाउँपालिका ७ चिमखोलाका गमबहादुर पुनले कालिगण्डकी नदी किनारमा सञ्चालनमा ल्याउनुभएको होटल गण्डकी एण्ड रेष्टुरेण्टको आइतबार म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले उद्घाटन गर्नुभयो । बेनी जोमसोम कोरला सडकको प्रवेशद्धारका […]

सातौं म्याग्दी महोत्सवको तयारी तीव्र

विकल्प न्यूज/बेनी पुस १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने सातौं म्याग्दी महोत्सवको तयारी तीव्र पारिएको छ । आगमी पुस २८ गते देखि माघ ७ गते सम्म बेनीमा आयोजना हुने प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागिएको हो । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा लाग्दै आएको […]

बेनीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी पुस १७ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आइतबार देखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभयो । प्रतियोगिता उद्घाटन पुर्व सहभागि हुन आएका विद्यालयका विद्यार्थी,नवजागर आमा समुह,नेपाल मंकाखल लगायतले बजारमा झाँकी प्रदर्शन गरेका थिए […]

किन रोकियो बेनीमा निर्माणधिन रामायण पार्क योजना ?

ठाकुरप्रसाद आचार्य/बेनी पुस १६ गते । म्याग्दीको बेनीमा निर्माणधिन रामायण पार्क योजना बजेट अभाव भएपछि अलपत्र परेको छ । बेनी नगरपालिका ५ पछैलाई धार्मिक स्थलका रुपमा विकास गर्ने उद्देश्यले डेढ वर्ष अघि रामायण पार्क निर्माण योजना थालिएको थियो । संघीय सरकार अन्तर्गतको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरिदिएपछि योजना अलपत्र परेको हो […]

लोकदिप सहकारीले गर्यो विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह

बेनी, १५ पुष । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर […]

म्याग्दीका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीका बङ्गुर फार्महरुमा अफ्रिकन स्वाइन फिभर संक्रमणका कारण बङ्गुरहरु मर्न थालेपछि फार्महरु रित्तिन थालेका छन् । एकसाता यता बङ्गुर फार्महरुमा स्वाइन फिभरको संक्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले […]

बेनी नगरका प्रमुख केसी डोजर लिएर पुगे अव्यवस्थित संरचना हटाउन कालिपुल (फोटो)

विकल्प न्यूज/बेनी पुस १५ गते । बेनी नगरपालिकाले कालिपुल स्थित बसपार्कमा निर्माण भएका अव्यवस्थित संरचना हटाउन थालेको छ । शुक्रबार बेनी नगरपालिकाका प्रमुख सुरत केसी,वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्य सहितको टोलीले वसपार्कमा रहेका अव्यवस्थित घर टहरा हटाउन डोजर लिएर जानुभएको थियो । शुक्रबार वसपार्क स्थित यातायात व्यवसायीले राखेको टिकट काउन्टर डोजर लगाएर भत्काइएको […]

साङगखोला माथि बन्यो झोलुङ्गे पुल

विकल्प न्यूज\बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई एक सय मिटर […]

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तयारी

विकल्प न्यूज\बेनी पुस १४ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ यही पुष १७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता तयारीका लागि बेनी नगरपालिका जुटेको छ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका विद्यार्थीहरु सहभागि हुने प्रतियोगिताको तयारी तिब्र पारिएको नगरप्रमुख […]

यसरी निर्माण भइरहेको छ नारच्याङमा रेले खोला जलविद्युत आयोजना (भिडियो )

विकल्प न्यूज\बेनी पुस १४ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँमा निर्माणधिन ६ मेगावाट क्षमताको जलविद्यूत आयोजनाको आधा काम सकिएको छ । आयोजनाको बाँधस्थल,पाइपलाइन र विद्युतगृह निर्माण कार्य तिव्रताका साथ भइरहेको छ । एकवर्ष अघि निर्माण थालिएको आयोजना एकवर्षमै पचास प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी असारसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यका […]

म्याग्दी मिडिया सोसाईटीद्धारा ७ बुँदे नारच्याङ घोषणपत्र जारी

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दी मिडिया सोसाईटीको छैटौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा बुधवार सम्पन्न भएको छ । वेशी गाउँको शिरमा रहेको मनमोहक पर्यटकीय सम्भावनायुक्त नारच्याङ झरनाको प्रचार प्रसारमा टेवा पु¥याउने उदेश्यले सोसाईटीले सदरमुकाम बाहिर गएर आफ्नो साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका […]

बेमौसममा फाइदा लिन नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

विकल्प न्यूज/बेनी पुस १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार […]

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

विकल्प न्यूज\बेनी पुस १३ गते । म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा […]