समाचार
बेनीको विरेन्द्रचोकवासीले राखे राष्ट्रिय झण्डा

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय झण्डा फहराएको छ । बेनी नगरपालिका वडा नं ७ मा पर्ने जिल्लाको प्रमुख प्रशासनीक केन्द्र बिरेन्द्रचोकको ८० बर्ष पूरानो पिपलको रुख नजिकै सार्वजनिक खानेपानी नजिकै ६ फिट लम्बाई र ४ फिट चौडाईको झण्डा टोलकी बयोबृद्धा ९० बर्षिय […]
लोकसंस्कृतिको अध्ययन गर्न लोकवार्ता परिषदको म्याग्दीमा सङ्गोष्ठी

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २३ गते । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले विकास संस्कृतिमैत्री हुनुपर्ने बताउनुभएको छ । विकासका नाममा अहिले लोकसंस्कति र मौलिकताको विनास भइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । लोकसंस्कृतिको संरक्षणका लागि सवैजना एकतावद्ध भएर जुट्न उहाँले अनुरोध गर्नुभयो । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा बुधवार लोकवार्ता परिषद् नेपालको १२ औं सङ्गोष्ठीको […]
पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर पत्रकार महासंघको टोली मालिका धुरीमा

विकल्प न्यूज/बेनी कात्तिक २२ गते । म्याग्दीको मालिका, मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले पर्यटन प्रवर्धन कार्यक्रम गरेको छ । जिल्लाको पर्यटकीय स्थलहरुको प्रचार प्रचार संगै आन्तरिक पर्यटन प्रवर्धनमा सघाउने उद्देश्य अनुरुप महासंघले संचालन गरेको अभियान अन्तर्गत वुधबार विहान मालिका धुरीमा रहेको मालिका देवि […]
परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

२१ कात्तिक, कोलचौर (जाजरकोट) । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी […]
बोयर बाख्रपालनमा रमाएका भकिम्लीका धन श्रीस

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २० गते । बेनी नगरपालिका ३ भकिम्लीका धनबहादुर श्रीसले १२ वर्ष देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा विताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ । उहाँले श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म प्रा.लि मार्फत बोयर बाख्राको […]
जाजरकोटमा पुनः ५.८ रेक्टरको धक्का

काठमाडौं, कात्तिक २० गते । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो । भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं […]
कमजोर विद्यार्थीको लागि जलजलामा उपचारात्मक कक्षा
विकल्प न्यूज/बेनी कात्तिक १९ गते । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ । पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर देखिएको भन्दै उपचारात्मक कक्षा थालेको हो । पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले केही विद्यार्थीको सिकाई उपलब्धि अत्यन्तै कमजोर […]
पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी १९ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ । बेनी नगरपालिका–४ मा जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले योजना छनोट, सिफारिस र […]
बेनीमा शान्ति पार्क निर्माणको तयारी

विकल्प न्यूज /बेनी कात्तिक १९ गते । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा शान्ति बाटिका (उद्यान/पार्क) निर्माणको तयारी भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ स्थित बिरेन्द्रचोक पछाडीको सार्वजनिक जग्गामा बनाउने तयारी गरेको पार्कमा प्रदेश सरकार र प्रवासीले लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर […]
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगीत

विकल्प न्यूज/बेनी कात्तिक १८ गते । शुक्रबार बेलुका गएको भूकम्पका कारण नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन रोकिएको छ । पार्टी केन्द्रले भूकम्पका कारण तिहार अघि कुनै पनि औपचारिक कार्यक्रमहरुको आयोजना नगर्न परिपत्र गरेसँगै आइतबार हुने जिल्ला सम्मेलन रोकिएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ठूलो जनधनको क्षति भएपछि अर्को […]
भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

विकल्प न्यूज कात्तिक १८ गते । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ । […]
भूकम्पमा परेर नलगाढकी उपप्रमुख सिंहको मृत्यु

जाजरकेाट, कात्तिक १८ गते । गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनुभएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्याे ।
भूकम्प अपडेट : भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति […]
सुन्दर र रमणीय छ जोमसोम–तिलिचो ट्रेक

ठाकुरप्रसाद आचार्य /बेनी कात्तिक १७ गते । मुस्ताङको जोमसोम हुँदै मनाङको तिलिचो ताल पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । दशैं लगत्तै मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु तिलिचो पुग्न थालेका छन् । जोमसोम–तिलिचो ट्रेक सुन्दर र रणमीय छ । जोमसोम–तिलिचो पदमार्ग हुँदै दुईदिनमै तिलिचो पुग्न सकिने भएकाले यतिखेर यो पदमार्गमा पर्यटकको चहलपहल बढेको हो । […]
घारखोलामा पुल निर्माणपछि पाउद्धारका दुई सय परिवारमा खुसीयाली

विकल्प न्यूज/बेनी कात्तिक १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन थालेका जानकारी दिए […]