विकल्प न्यूज/बेनी
कात्तिक १८ गते ।
शुक्रबार बेलुका गएको भूकम्पका कारण नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन रोकिएको छ । पार्टी केन्द्रले भूकम्पका कारण तिहार अघि कुनै पनि औपचारिक कार्यक्रमहरुको आयोजना नगर्न परिपत्र गरेसँगै आइतबार हुने जिल्ला सम्मेलन रोकिएको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो ।
जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पमा ठूलो जनधनको क्षति भएपछि अर्को सूचना जारी नहुँदासम्म जिल्ला सम्मेलन स्थगीत गरिएको सचिव रकालले बताउनुभयो । भूकम्पबाट देश शोकमा रहेकाले केन्द्रबाटै स्थगनको सूचना आएपछि अर्को सूचना तय नहुँदा सम्मलाई कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आउने कार्यक्रम रहेको थियो । उक्त सम्मेलनमा ४१ वडाका करिब सातसय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता बेनी आउन थालेका थिए । प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र सांगठनिक र आर्थिक प्रतिवेदनको बिषयमा छलफलको कार्यतालिका रहेको जिल्ला सचिव रकालले बताउनुभयो ।