जाजरकेाट, कात्तिक १८ गते ।
गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनुभएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्याे ।