ताजा समाचार:
Search

समाचार

बेनीमा सहकारी बैङ्कको शाखा खुल्ने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ४ असोज । म्याग्दीको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ । बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय भएको छ ।शाखा खोल्नका लागि सदस्य विस्तार गर्न […]

वेष्ट पोइन्टमा शिक्षक अभिभाबक संघ गठन

विकल्प न्यूज/बेनी असोज ३ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा शिक्षक अभिभाबक संघ गठन भएको छ । दुइ फरक फरक भेलाले सो समिति गठन गरेको हो । भदौ २६ गते बिद्यालयमा भएको अभिभाबक प्रतिनिधि र त्यस पछिको भेलाले समिति चयन गरेको हो । भेलाको पहिलो औपचारिक सत्र शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्घको सभापतित्व, […]

टिकोटमा निर्मित वनभोज स्थलको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । म्याग्दीको टिकोटमा निर्माण भएको वनभोज स्थलको सोमबार उद्घाटन गरिएको छ । गाउँका प्रौद्धहरु आवद्ध संस्था टिकोट भेट्रान्सको नेतृत्वमा पञ्चेवल डाडाँमा निर्माण गरेको वनभोज स्थलको संबिधान दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । टिकोट गाउँ नजिकै दुई हजार चार सय मिटरको उचाईमा अवस्थित उक्त स्थलमा छ लाख रुपैयाको लागतमा […]

दसैमा घर आउन नपाउने पदरदेशीका लागि कलाकार बिनोदको गीती कोशेली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । म्याग्देली कलाकार बिनोद विश्वकर्माले चाडपर्वमा घरमा आउन नपाउने परदेशीहरुको पीडालाई समेटेर गिती एल्बम तयार पारेका छन् ।म्याग्दीको भकिम्ली २ का बिनोद र उनकी बहिनी अमृताको आवाजमा रहेको “..दशैमा त घर आउनुहै” बोलको गीत हिमसम्झौता डिजीटलले सार्वजनिक गरेको हो । गीतमा बिनोद र अमिता छन्तेलको अभिनय रहेको छ ।युटुयव […]

किन भयो भाषणप्रति वितृष्णा ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असोज । संबिधान दिवस २०७३ को अवसरमा सोमबार म्याग्दी सदरमुकाम स्थित बेनी सामुदायिक मावि परिसरमा आयोजित समारोहको अन्तिममा दर्शक दिर्घामा भन्दा मञ्चमा बस्ने नेता र सरकारी अधिकारीहरु धेरै भए । यो मात्र होइन् म्याग्दीमा विभिन्न दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा जनसहभागिता न्युन हुने गरेको छ । पत्यारलाग्दो भाषण, नेताहरुको आरोप […]

पहिरोले घेरीएको बाँसबोट र लिस्नेका तिस घरलाई सुरक्षित स्थानमा सारीयो

सन्तोष गौतम/न्यूज म्याग्दी २ असोज । चारैतिर पहिरोले घेरीएको म्याग्दीको बेग गाविस १ बाँसबोट र २ लिस्ने गाउँका बासीन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेग स्थित आफन्तको घर, सामुदायीक भवन र महादेव माविमा सारिएको हो । करिब पन्ध्र दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुई वटा बस्तीका बासिन्दालाई […]

मुक्तिनाथ सहकारीको अध्यक्षमा ः केसी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार बेनीमा सम्पन्न नवौ साधारणसभा तथा पाँचौ अधिवेशनबाट पुनशेरबहादुर केसीको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा दण्डपाणी सापकोटा, कोषाध्यक्षमा कृष्णप्रसाद बरुवाल र सहसचिवमा भावना पौडेल क्षेत्री रहनुभएको छ । समितिका सदस्यहरुमा गोपाल बानियाँ, चन्द्र शेरचन, दिपेन्द्र बिक, […]

मुक्तिनाथ सहकारीद्धारा करिब साढे १३ करोड निक्षेप संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ असोज । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा करिब सोढ तेह् करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । संस्थाको शनिबार बेनीमा सुरु भएको नवौ साधारणसभा तथा पाँचौ अधिवेशनमा गत वर्ष १३ करोड ३४ लाख ४२ हजार ९८६ रुपैयाँ निक्षेप संकलन र १३ करोड ५४ लाख ७८ […]

वेष्ट पोईन्ट सोसल सर्भिस क्लबद्धारा सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी असोज १ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविमा गठित सोसल सर्भिस क्लबले सहयोग वितरण गरेको छ । नेपाल बाल संगठन म्याग्दी द्वारा संचालित बालगृहमा रहेका ११ जना बालबालिकालाई ३१ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि क्लबले सहयोग वितरण गरेको हो । नेपाल बाल संगठन म्याग्दिका अध्यक्ष हरिकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको […]

विश्वमित्र सहकारीद्धारा साढे पाँच करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी असोज १गते । बेनीमा रहेको विश्वमित्र बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्षमा साढे पाँच करोड रुपैयाँ लगानी गरेको छ । पाँचौ वार्षिक साधारणसभाको अवसरमा गत आर्थिक वर्ष २०७२७३ मा चार करोड ९८ लाख १४ रुपैयाँ बचत संकलन गरेको संस्थाले पाँच करोड ६० लाख तिन हजार ८५ रुपैयाँ लगानी […]

उज्यालो वैकल्पिक विद्यालय सञ्चालनका लागि आर्थिक सङ्कलन शुरु

विकल्प न्यू्रज\बेनी भदौ ३० गते । उज्यालो वैकल्पिक विद्यालय सञ्चालनका लागि बिहीबारदेखि म्याग्दीमा आर्थिक सङ्कलन अभियान शुरु भएको छ । आर्थिक सङ्कलनको पहिलो दिन ‘वि विल राईज’ फाउण्डेशनबाट दुईलाख रुपैयाँ सहयोग गरिएको छ । फाउण्डेशनका डाइरेक्टर निर्मल श्रेष्ठले एकलाख रुपैयाँ विद्यालयको भवन निर्माण र एकलाख रुपैयाँ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापनास्वरुप सहयोग गरिएको बताउनुभयो […]

बेगमा पहिरोको थप जोखिम रहेको प्राबिधिक टोलीको ठहर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० भदौ । म्याग्दीको बेगको विभिन्न ठाउँमा देखिएको पहिरोको जोखिमको विषयमा प्राबिधिक टोलीले स्थलगत अध्ययन गरेको छ । जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजन र भुसंरक्षणका सब ईञ्जियनर बिरेन्द्र कुमार महतोको टोलीले यसै हप्ता बाढी पहिरो पीडित क्षेत्रको अधययन गरेको हो ।    भदौ २६, २७ […]

बेनीमा उज्यालो बैकल्पिक विद्यालयको उद्घाटन ः पढ्न नपाएको पीडा सुनेर सहभागीका आँखा रसाए

सन्तोष गौतम\विकल्प न्यूज म्याग्दी ३० भदौ । बेनीमा स्थापना भएको उज्यालो बैकल्पिक विद्यालयको बिहीबार उद्घाटन गरिएको छ । समुदायको पहलमा स्थापित विद्यालयको सांसद एवं पुर्व पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सांसद पुनले शिक्षाकै कारणले महिलाहरु पछाडी पर्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । शिक्षामा महिलाको पहुँच पु¥याउन सके समाज परिवर्तन […]

सहकारीद्धारा बाढी पहिरो पीडित र विपन्न विद्यार्थीलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा सञ्चालन भएको संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा बुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दिपक बिखर्चीले उत्पादनमुलक क्षेत्रमा लागेका महिलाहरुको आर्थिक सम्बृद्धीका लागि सहकारी भरपर्दो माध्ययम भएको […]

प्राबिधिक सहयोग समिति विरुद्ध मुद्दा दायर गर्ने ताकमबासीको निर्णय

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीको ताकमका बासिन्दाहरुले स्थानीय तह पुनर्संरचनाका लागि गठन भएको प्राबिधिक सहयोग समिति विरुद्ध अदालत जाने निर्णय गरेका छन् । ताकममा बुधबार भएको गाविसबासीको आमभेलाले प्राबिधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचना आयोगको मापदण्ड विपरीत गाउँपालिका र केन्द्र प्रस्ताव गरि सिफारीस गरेको भन्दै न्यायका लागि अदालत जाने निर्णय गरेका हुन् […]