ताजा समाचार:
Search

वेष्ट पोईन्ट सोसल सर्भिस क्लबद्धारा सहयोग हस्तान्तरण

विकल्प न्यूज/बेनी
असोज १ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माविमा गठित सोसल सर्भिस क्लबले सहयोग वितरण गरेको छ । नेपाल बाल संगठन म्याग्दी द्वारा संचालित बालगृहमा रहेका ११ जना बालबालिकालाई ३१ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि क्लबले सहयोग वितरण गरेको हो । नेपाल बाल संगठन म्याग्दिका अध्यक्ष हरिकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा म्याग्दी बाल गृहमा रहेका ११ जना विद्यार्थीलाई झोला १र१ जोर कपडा र स्टेशनरी लगनएतका सामाग्री वितरण गरेको हो । 1सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले वेष्ट पोइन्ट र सोसल क्लबले गरेको कार्यर्को सराहना गर्नु भयो । विद्यार्थी उमेरदेखि नै यस प्रकारको सामिजिक कार्यको भावना र अग्रसरताले सामाजिक सदभाब र सहसंबन्धको बिस्तार हुने बताउनु भयो । साथै उहाँले बिद्यालयमा पढाइको अलावा रचनात्मक र समाजोपयोगी कार्य गर्ने वेष्ट पोइन्टको खुलेर प्रसंसा गर्नु भयो । 5यसैगरी वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुवास कुमार श्रेष्ठले बिद्यालयमा गठन भएका क्लबहरुले विभिन्न रचनात्मक कार्य गर्दै आइरहेकोमा आफु उत्साहित र शिक्षालाई जिबन संग जोडेर लैजानु पर्छ भन्ने कुरामा आफु सधै प्रतिबद्ध रहेको बताउनु भयो । बिद्यालायका प्राचार्य गंगा प्रसाद खतिवडाले मन्तब्य ब्यक्त गर्दै विद्यार्थीमा जागृत भएको उर्जा र सृजनशिलातालाई सहि मार्गमा लगाउन सक्नु नै अहिलेको शैक्षीक उपलब्धि हो भन्नु भयो । त्यसै गरि क्लबका सदस्य महेश बिस्वकर्माले बाल गृहका बिद्यार्थीलाई संधै आत्मबल बलियो बनाउनु पर्ने र शिक्षालाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनु भयो ।
सोसल सर्भिस क्लबका सभापति बिशाल अग्रहरीको सभापतित्व, क्लबका सदस्य बिधान सापकोटाको संचालन संयोजक दिल बहादुर रामदामको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेपाल बाल संगठन म्याग्दीका सदस्य एकेन्द्र रावल म्याग्दी बाल गृहका प्रमुख मेघनाथ सुबेदी लगायतको उपस्थिति रहेको वष्ट पोइन्ट मिडीया हबका संयोजक कृष्ण जिसीले बताउनु भयो ।