ताजा समाचार:
Search

मुक्तिनाथ सहकारीद्धारा करिब साढे १३ करोड निक्षेप संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ असोज ।
बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा करिब सोढ तेह् करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

संस्थाको शनिबार बेनीमा सुरु भएको नवौ साधारणसभा तथा पाँचौ अधिवेशनमा गत वर्ष १३ करोड ३४ लाख ४२ हजार ९८६ रुपैयाँ निक्षेप संकलन र १३ करोड ५४ लाख ७८ हजार रुपैया कर्जा लगानी गरेको जानकारी गराइएको हो । dsc04061९५३ जना सदस्य रहेको संस्थामा एक करोड २० लाख ८६ हजार २०० रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थाको निति, नियम र सिद्धान्तमा आधारीत रहेर काम गर्न सुझाव दिनुभयो ।

सचिव दण्डपाणी सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा सेयर सदस्य चिरञ्जिवी बोगटी, विश्वमित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बानिया, मानार्थ सदस्य देवी केसी, सहसचिव भावना पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । dsc04073उपाध्यक्ष लिलाराम गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव सापकोटाले प्रगति, कोषाध्यक्ष कृष्णप्रसाद बरुवालले आर्थिक, लेखा संंयोजक नारायणप्रसाद सुवेदीले लेखा र ऋण समितिका संयोजक दण्डपाणी पराजुलीले ऋण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा सेयर सदस्यका चौरासी वर्ष पार गरेका बुवाआमा, एसएलसी उतिर्ण हुने छोराछोरी, उत्कृष्ट ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।