ताजा समाचार:
Search

वेष्ट पोइन्टमा शिक्षक अभिभाबक संघ गठन

विकल्प न्यूज/बेनी
असोज ३ गते । 3
न्यु वेष्ट पोइन्ट आवासीय माविमा शिक्षक अभिभाबक संघ गठन भएको छ । दुइ फरक फरक भेलाले सो समिति गठन गरेको हो । भदौ २६ गते बिद्यालयमा भएको अभिभाबक प्रतिनिधि र त्यस पछिको भेलाले समिति चयन गरेको हो । भेलाको पहिलो औपचारिक सत्र शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्घको सभापतित्व, जिल्ला शिक्षा अधिकारी राम प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएकोे थियो । कार्यक्रममा बिद्यालय निरीक्षक दल बहादुर थापा, श्रोत व्यक्ति मोहन बानिया, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुबाशकुमार श्रेष्ठ बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बिसिष्ट आतित्यथा ग्रहण गर्नु भएको थियो । शिक्षक अभिभाबक संघका सदस्य नैना पुनको स्वागत मन्तब्य र विद्यालयका प्राचार्य गंगाप्रासाद खतिवडाको संचालनमा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि अतिथिलाइ मायाको चिनो प्रदान गरिएको थियो ।7उद्घाटन सत्रको समापान पश्चात अध्यक्ष दिल्कुमार श्रेष्ठले प्रतिबेदन प्रस्तुत गर्नु भयो । प्रतिबेदनमा उठेका शिक्षक अभिभाबक संघ संग सम्बन्धित प्रस्नहरुको जवाफ अध्यक्ष दिलकुमार श्रेष्ठ, बिद्यालय र शैक्षिक क्रियाकलाप तथा गतिविधिहरु संग सम्बन्धित प्रस्नहरुको जवाफ प्राचार्य गंगा प्रसाद खतिवडा र ब्यबस्थापन संग सम्बन्धित प्रस्नहरुको जवाफ फाउन्डेसनका अध्यक्ष सुबाशकुमार श्रेष्ठले दिनुभएको थियो । छलफल र प्रस्नहरुको जवाफ दिने क्रम सकिएपछी अध्यक्ष दिलकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिबेदन पारित गरिएको थियो । त्यसपछि फाउन्डेसनका शैक्षिक बिभाग प्रमुख सुदर्शन कुमार श्रेष्ठको संयोजनमा निर्बचान प्रक्रिया शुरु भएको थियो ।6पहिलो चरणमा कक्षागत अभिभाबक छनौट र त्यसपछि नयां कार्यसमिति चयन भएको हो । कक्षागत अभिभाबक हरुमा, बिपिन बानिया – मंटेस्वरी, अरबिन श्रेष्ठ – नर्सरी, सम्झना रिजाल सुबेदी – एलकेजी, सिता कुँवर – युकेजी, महेन्द्र श्रेष्ठ ( कक्षा १, प्रमिला जोशी – कक्षा २, तारा प्रसाद श्रेष्ठ – कक्षा ३, पुस्पा प्रधान – कक्षा ४, दिलकुमार श्रेष्ठ – कक्षा ५, हिरा बरुवाल – कक्षा ६, अनुषा पुन – कक्षा ७, नैना पुन – कक्षा ८, गणनाथ पौडेल – कक्षा ९, र हिरा सुबेदी – कक्षा १० चयन हुनु भएको थियो त्यसपछि कक्षागत अभिभाबक हरुको भेलाले समिति चयन गरेको हो ।1नव गठित १९ सदस्यीय शिक्षक अभिभाक संघको अध्यक्षमा पुनः दिल कुमार श्रेष्ठ सर्ब सम्मतल चयन हुनुभएको छ भने अन्य सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ (अध्यक्ष बिद्यालय ब्यबस्थापन समिति), प्राचार्य गङ्गा प्रसाद खतिवडा (सदस्य सचिब), बिपिन बनिया, अरबिन श्रेष्ठ, सम्झना रिजाल सुबेदी, सिता कुँवर, प्रमिला श्रेष्ठ, महेन्द्र श्रेष्ठ, तारा प्रसाद श्रेष्ठ, पुष्पा प्रधान श्रेष्ठ, हिरा बरुवाल, अनुषा श्रेष्ठ, नैना पुन, गणनाथ पौडेल, हरि सुबेदी, थरियामा पुन, आसा माया रोका, सुमन पौडेल, र सल्लाहाकारहरुमा बिष्णु रोका, कुमारी गर्बुजा ज्ञानी तिलिजा, खुमा सापकोटा, रेखा कौसल रेग्मी, बिक्रम सुबेदी, चन्दा बराल, शिब पाण्डे, कमला अधिकारी छन्त्याल, कमल कुमारी थापा रहनु भएको वेष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताउनुभयो ।