सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी असोज १गते ।
बेनीमा रहेको विश्वमित्र बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्षमा साढे पाँच करोड रुपैयाँ लगानी गरेको छ ।
पाँचौ वार्षिक साधारणसभाको अवसरमा गत आर्थिक वर्ष २०७२७३ मा चार करोड ९८ लाख १४ रुपैयाँ बचत संकलन गरेको संस्थाले पाँच करोड ६० लाख तिन हजार ८५ रुपैयाँ लगानी गरेको जानकारी गराइएको हो ।२४९ जना सदस्यको एक करोड ५४ लाख रुपैयाँ सेयर रकम रहेको संस्थाले गत आर्थिक वर्षमा एक लाख आठ हजार ५०३ रुपैयाँ मुनाफा गरेको जनाएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षता, सचिव भोजबहादुर रिजालको सञ्चालन, यामबहादुर बानियाँको स्वागत र जिल्ला सहकारी संघका अध्यक्ष दिपक बिखर्ची को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थापक अध्यक्ष लक्ष्मी कार्की, सल्लाहकार रुद्रकुमारी खत्री, मुक्तिनाथ सहकारीका अध्यक्ष शेरबहादुर केसी, नवकालीगण्डकी सहकारी पर्वत बेनीका अध्यक्ष डिलबहादुर बरुवाल, सेयर सदस्य सुमन कार्कीले मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा लेखा समितिका संयोजक मुक्तिबहादुर खड्काले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।