उज्यालो वैकल्पिक विद्यालय सञ्चालनका लागि आर्थिक सङ्कलन शुरु

विकल्प न्यू्रज\बेनी
भदौ ३० गते ।

उज्यालो वैकल्पिक विद्यालय सञ्चालनका लागि बिहीबारदेखि म्याग्दीमा आर्थिक सङ्कलन अभियान शुरु भएको छ । आर्थिक सङ्कलनको पहिलो दिन ‘वि विल राईज’ फाउण्डेशनबाट दुईलाख रुपैयाँ सहयोग गरिएको छ ।

फाउण्डेशनका डाइरेक्टर निर्मल श्रेष्ठले एकलाख रुपैयाँ विद्यालयको भवन निर्माण र एकलाख रुपैयाँ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अक्षयकोष स्थापनास्वरुप सहयोग गरिएको बताउनुभयो ।dsc04026

यसैगरी विद्यालयका अध्यक्ष चन्द्रकुमार केसीले ३० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै विद्यालयका सदस्य राजेन्द्रकुमार श्रेष्ठ र हुलाक अधिकृत साधना श्रेष्ठले आफ्ना बाबाआमा र सासुससुराको नाममा अक्षयकोष घोषणा गरी नगद २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।dsc04037

त्यसैगरी राजेश शाक्य २५ हजार, सन्तोष रावल २५ हजार, टकसरा राना २१ हजार, कालीगण्डकी आमा समूह १० हजार ११५ र मङ्गला आमा समूहले १० हजार रुपैयाँ सहयोग गर्नुका साथै घोषणा समेत गरेका छन् ।dsc04041

दिदीबहिनी सहकारी पाँचहजार ५५५, हरिकृष्ण श्रेष्ठ पाँचहजार ५००, हरिकुमार श्रेष्ठ पाँचहजार ५००, सुदर्शनकुमार श्रेष्ठ पाँचहजार ५००, हरिप्रसाद पौडेल पाँचहजार ५००, हिपकुमारी पाईजा पाँचहजार ५००, गौमती बानियाँ पाँचहजार ५००, डिलकुमारी पूर्जा पाँचहजार ५०, गनपति शेरपुञ्जा पाँहजार १०, धनकुमारी खत्री पाँचहजार, भूलकुमारी रोका पाँचहजार, लाली थापामगर ५ हजार र योगमाया गौतमले दुईहजार पाँचसय रुपैयाँ सहयोग तथा घोषणा गरेका छन् ।