समाचार
‘‘ विदेश जाने मन छैन,माटोमै पसिना बगाउछु’’ (भिडियो\फोटो सहित)

ठाकुरप्रसाद आचार्य \जलजला म्याग्दी,पुस २६ गते । ‘‘छरछिमेकका साथीभाई धेरै पैसा कमाउने लोभमा विदेश तिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका ३८ वर्षीय युवा […]
बेनीका प्रतिष्ठीत व्यक्तिले नै बिजुली चोरी गर्दछन्

विकल्प न्यूज \बेनी पुस २६ गते । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महसुल नबुझाउने दुईसय १२ ग्राहकको लाइन काटेको छ । बर्षौ सम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटेर पुनः जडान शुल्क सहित २४ लाख ८० हजार दुइसय १६ रुपियाँ वाँकी बक्यौता असुल गरिएको कार्यालयले जनाएको छ । लाइन काटिनेहरुमा २४ महिना […]
धवलागिरीमा थप ४ करोड बजेट बिनियोजन

पुस २६ गते । म्याग्दीको दुर्गममा रहेको धवलागिरी गाउँपालिकाले हिउदे गाउँसभा मार्फत चालु आर्थिक वर्षका लागि ४ करोड रुपियाँ थप बजेट बिनियोजन गरेको छ । बिहिबार गाउँपालिका केन्द्रमा मुनामा भएको २१ औं गाउँसभाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै थप उक्त बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन […]
धवलागिरीमा पत्रकार,खेलाडी , कलाकार र कर्मचारी पुुरस्कृत

सन्तोष गौतम । बेनी पुस २६ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला समाचारदाता सन्तोष गौतम, लोक कलाकार खड्ग गर्बुुजा र […]
मंगलामा सूचना हक सम्बन्धि अन्तरक्रिया

विकल्प न्युज / बेनी पुस २४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा हिजो (सोमबार) सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय […]
बौद्धिक अपाङ्गताका अभिभावक संघको अध्यक्षमा पौडेल

विकल्प न्यूज/बेनी पुस २२ गते । बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीको अध्यक्षमा पुनः जमुना पौडेल चयन हुनुभएको छ । संघको आइतबार बेनीमा सम्पन्न १४औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यमिति चयन गरेको हो । संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्षमा चन्द्रबहादुर जिसी र सहसचिवमा भगवती मल्ल चयन हुनुभएको छ […]
माओवादीबाट सहिद परिवारकी शर्मा उम्मेदवार

पुस २२ गते। नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ। गण्डकीमा महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरुपा शर्मा उम्मेदवार बन्ने निश्चित भएको हो। पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० की बासिन्दा शर्मा सहिद परिवारकी सदस्य हुनुहुन्छ। उहाँका श्रीमान विजय सुवेदीको माओवादी विद्रोहका क्रममा २०५९ मा स्याङ्जाको सिर्सेकोटको निधन भएको थियो। नेकपा (माओवादी […]
डाँडाखेतका विद्यार्थीले गरे विद्यालयमा तरकारी उत्पादन

२२ पुस, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग […]
संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी पुस २२ गते । म्याग्दीको बेनी स्थित संगिनी वचततथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ शनिबार बेनीमा ११ औं साधारण सभाले पुनःनयाँ कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, […]
बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले […]
बेनी नगरपालिकाले जित्यो नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

म्याग्दी,पुस २१ गते । म्याग्दीको जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शनिवार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत, ७ कास्य पदक हात पार्दै बेनी नगरपालिकाले उपाधि जित्न सफल भएको हो । त्यसैगरि प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ […]
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

विकल्प न्यूज/बेनी पुस २१ गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो । माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र […]
बेनीमा खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी पुस २० गते । जिल्ला खेलकुद विकास समिति म्याग्दीले म्याग्दीका दुईजना खेलाडीलाई सम्मान गरेको छ । बेनीमा आयोजना गरिएको जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका अवसरमा महिला भलिबलको राष्ट्रिय टिमका कप्तान अरुणा शाही र कराँतेका अन्तराष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको हो । शाही म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्ले […]
म्याग्दीका माओवादी नेताहरुको प्रधानमन्त्री र उर्जामन्त्रीसँग भेटघाट

बेनी, २० पुष । नेकपा (माओवादी केन्द्र) म्याग्दीको टोलीले शुक्रबार काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतसँग भेटघाट गर्नुभएको छ । माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जाली, संविधानसभा सदस्य तथा माओवादीका केन्द्रिय सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेश सहसचिव […]
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी म्याग्दी,पुस २० गते । म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने […]