संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन

विकल्प न्यूज/बेनी
पुस २२ गते ।


म्याग्दीको बेनी स्थित संगिनी वचततथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ शनिबार बेनीमा ११ औं साधारण सभाले पुनःनयाँ कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, यामकुमारी ढुंगाना, बिश्वकुमारी शेरचन, सुमितरा गैरे, मिना जिसी भण्डारी र सुनिता केसी रहनुभएको छ ।
साधारणसभाको जिल्ला समन्वय समिति म्याग्दीका उप प्रमुख दिलकुमारी खत्रीले उद्घाटन गर्नुभएको थियो । सहकारीले महिलाहरुको जिवनस्तरमा वृद्धिमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साधारणसभाका अवसरमा एसइइ उत्तीर्ण सहकारीका शेयर सदस्य बिष्णु गुरुंङ उत्कृष्ट बचतकर्ता अमृता खत्री र अशल करोबारकर्ता तुलमायापुनलाइ सम्मान गरिएको छ ।

सहकारीमा पाँचसय सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय शेयर पुंँजी रहेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष साधनाकुमारी श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नविना रावलको स्वागत र सदस्य देवी जिसीको संचालनामा सम्पन्न भएको थियो ।