ताजा समाचार:
Search

समाचार

बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना गरिने

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा माघेसङक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुको सक्रियतामा परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो । आगामी पुस २९ देखि माघ २ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले बिहिबार विहान पत्रकार भेटघाट […]

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र संघीय व्यवस्थाप्रति एकाथरीले बुझ्दै नबुझी […]

मुनामा दन्त शिविर

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएो र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले बताउनुभयो । क्लवका […]

रघुगंगामा करिब रु ५करोड थप बजेट विनियोजन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको […]

मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो […]

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सुरु

सिंगा, १६ पुष । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत […]

लोकदिप सहकारी र दिगो क्लिनिक बीच सम्झौता

विकल्प न्यूज / बेनी पुस १६ गते । बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँगविशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो। शनिबार सम्पन्न […]

बेनी र मंगलाका माओवादी कार्यकर्ताहरुलाई प्रशिक्षण

बेनी, १५ पुष । नेकपा (माओवादी केन्द्र)ले आइतबार बेनी नगरपालिका र मंगला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । बेनीमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज हरि अधिकारी र केन्द्रिय सदस्य शैलेन्द्र घिमिरेले प्रशिक्षण दिनुभएको थियो । बेनी नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता र उपाध्यक्ष अणबहादुर खड्का (भगवान)को सञ्चालनमा सम्पन्न […]

काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री जुग्जाली

 १५ पुष ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकार […]

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १५ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पालिकाको वडा नम्बर ५ स्थित कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका […]

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

विकल्प न्युज / बेनी पुस १५ गते । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना  गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत […]

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी,  पुुस १५ गते ।   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको […]

लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक […]

किसानी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य […]

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी पुस १४ गते ।   बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाधयक्षमा भिमनाथ शर्मा रहनुभएको छ । […]