विकल्प न्यूज\बेनी
फागुन २० गते ।

सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले गण्डकी प्रदेशले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । थपा नेकपा एमाले म्याग्दीका पूर्व उपसचिव हुन ।
थापा म्याग्दीको कुमारी सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ । सहकारीको १ अर्ब ४९ करोड रुपियाँ हिनामिना गरेको आरोप छ । जिसस प्रमुख थापालाई प्रहरीले २५ दिनसम्म अनुसन्धान गरेको हो ।
#ADD

थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थापा सहित अन्य ५ जना पक्राउ परेका छन् । प्रहरीले सो सहकारीमा आवद्ध भएका २५ जना विरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दायर गरेको छ । आरोपीहरुसँग अदालतले आइतबार देखि बयान लिन थालेको छ ।