ताजा समाचार:
Search

लोकदीप सहकारीद्वारा जेष्ठ शेयर सदस्यहरुलाई सम्मान

विकल्प न्यूज/बेनी
पुस १५ गते ।


म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा गौतम लगायतले जेष्ठ सदस्यहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

सहकारीको साधारणसभाको उद्घाटन गदैं प्रमुख अतिथि जिसीले प्रबन्ध र सञ्चालक समिति इमान्दार रहेको सहकारी समस्या नभएको बताए । कर्जा प्रवाह, नितिनियम र सहकारी सर्वमान्य सिद्धान्तको प्रयोग गरेका सहकारीहरू अहिलेको अवस्थामा निर्वाध सञ्चालन भइरहेको बताए । सञ्चालक समितिका सदस्यले मनोमानी पैसा चलाउँदा समस्यामा परेका सहकारीले अन्यलाई समेत बदानाम गराएपनि अहिलेको अवस्थामा सबै सहकारी एउटै नभएको बताए । सम्मानित हुने जेष्ठ नागरिकले सहकारीप्रतिको विश्वास अझै कायम रहेको बताएका थिए ।

#ADV

सोही कार्यक्रममा सहकारीमा उत्कृष्ट उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।बाल बचत तर्फको खत्रुके बचत गर्ने २ जना, दैनिक बचत(क्रमिक बचत) तर्फ दुई जना र असल ऋणी दुई जनालाई सम्मान गरिएको संस्थाका प्रवन्धक नेत्रराज सुवेदीले बताए । त्यसैगरी संस्थाले बेनी नगरपालिका–९,घतानकी शेयर सदस्य हिराकुमारी चोखाल, विद्यार्थी पुष्पा राई र एथलेटिक्स खेलाडी शुष्मा परियारलाई खाद्यान्न सामग्री साधारण सभाकै अवसरमा वितरण गरेको थियो ।

आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै बेनी बजारमा रहेको दिगो क्लिनिक र कोर स्माइल डेण्टल स्वास्थ्य सम्झौता समेत सहकारीले साधारणसभाको अवसरमा गरेको छ । संस्थाको साधारणसभाको उद्घाटन सत्रमा शेयर सदस्यका तर्फबाट हिराकुमारी चोखाल र कमल ढुंगानाले मन्तव्य राखे । देवेन्द्र पौडेल कोषाध्यक्षको प्रतिबेदन, ओमप्रसाद शर्माले सचिवको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ

लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा बाट प्रमिला जोशी श्रेष्ठ अध्यक्षमा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा भिमनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए ।

सहकारी संस्थाको लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक खोमराज उपाध्याय एवम् सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाललाइ चयन गरेको छ । एकहजार एक सय ५६ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ६६ लाख ९८ हजार ९ सय रुपैया रहेको छ । संस्थामा जगेडा कोष २७ लाख १४ हजार २७ रुपैयाँ, अन्य विभिन्न कोषमा १९ लाख रहेको छ । सचिव ओमप्रसाद शर्माको संचालनमा भएको उद्घाटनसत्रको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ्ग सेवाको शुभारम्भ ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले उद्घाटन गरे ।