ताजा समाचार:
Search

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी

पुस १४ गते ।

 
बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाधयक्षमा भिमनाथ शर्मा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको छ । लेखा तथा सुपरिवेक्षक समितिको संयोजकमा खुमराज उपाध्याय र सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाल निर्वाचित हुनुभएको संस्थाका सचिव पौडेलले बताउनुभयो ।