ताजा समाचार:
Search

समाचार

उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइको अध्यक्षमा खत्री चयन

विकल्प न्यूज/बेनी माघ २८ गते । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बालकृष्ण खत्रीको अध्यक्षतामा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपसभापतिमा रमेश सुवेदी, सचिवमा टिका बहादुर सेन र कोषाध्यक्षमा जयन्ती शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा भिमबहादुर थापा, रिमबहादुर विश्वकर्मा, मनबहादुर कार्की, […]

बादीकाको भिरमा सडक ढलान भएपछि धारापानीवासीले मनाए खुसियाली

विकल्प न्यूज\बेनी माघ २८ गते । धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । शनिबार गाउँलेहरुले खुसियालीमा नौमति बाजा सहित नाचगान गरेका छन् । […]

कुहुँमा साल्ट टे«डिङको सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज\बेनी माघ २७ गते । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको सन्देश उल्लेख गरिएको झोला वितरण गरिएको हो । ३० जना बालबालिकालाई स्कुल ब्याग र १० जना महिलाहरुलाई घरायसी काममा प्रयोग […]

नेकपा एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’ अभियान संचालन गर्ने

विकल्प न्यूज\बेनी माघ २७ गते । नेकपा एमाले म्याग्दीको पहिलो पूर्ण वैठक शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको छ । वैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकले गरेका निर्णयहरुको वारेमा जानकारी गराउनुहुँदै नेकपा एमालेको संगठनलाई बजवुट […]

अहिलेको खिचडी सरकारले जनताको समस्या समाधान गर्न सक्दैन ः नेता झलनाथ खनाल

विकल्प न्यूज/बेनी माघ २६ गते ।  पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान खिचडी सरकारले मुलुक र जनताको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । मातृशोकमा रहनुभएका नेकपा (एकिकृत समाजवादी) का जिल्ला अध्यक्ष एवम् युवा संघ नेपालका केन्द्रिय संयोजक कृष्ण कुमार विश्वकर्माको परिवारलाई समवेदना प्रकट गर्न शुक्रबार बेनी आउनुभएका सत्तारुढ […]

बेनी बोर्डिङ कपको उपाधि आयोजक विद्यालयले जित्यो

विकल्प न्यूज/बेनी माघ २६ गते । सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमी दरबाङलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २ का विरुद्ध ४ गोल गदैं उपाधि हात पारेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दरबाङ […]

बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी बजारमा रहेका होटल तथा रेष्टुरेन्ट व्यावसायीहरुले हुक्का बिक्री वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बेनी नगरपालिकासँग भएको छलफलमा नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा हुक्का प्रतिबन्द गर्न राखेको प्रस्तावलाई उनीहरुले समर्थन गरेका हुन । पछिल्लो समय बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा भेला भएर युवाहरुले हुक्काको […]

दरबाङ–धारापानी सडक स्तरोन्नति योजना सम्पन्न

ठाकुरप्रसाद आचार्य माघ २६ गते । म्याग्दीको परिश्चम दरवाङ देखि धारापानी सम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिका केन्द्र देखि धवलागिरी गाउँपालिकाको केन्द्र मु्नालाई जोड्ने सडक अन्तर्गत करिब ७ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । सडक स्तरोन्नति भएसँगै धवलागिरी गाउँपालिकावासीहरुले साघुरो,उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । बेनी –दरबाङ–धारापानी–मुना […]

जलजला स्थित कालिगण्डकी शिला रौतहट पुग्याे

 माघ २६ गते ।  शालिग्रामका लागि प्रसिद्ध मानिने कालीगण्डकी नदी किनारको शिला रौतहटको गढीमाई नगरपालिकामा शुक्रबार ल्याइएको छ । पर्वतको बेनीस्थित जुगेधारा भई बग्ने कालीगण्डकी नदी किनारमा रहेको करिब दश टन तौल भएको उक्त शिला भगवान् शिवको मूर्ति बनाउन रौतहट ल्याइएको हो । पर्वतबाट बुधबार पठाइएको शिला रौतहटको गढीमाई नपा–४ मा सुरक्षित राखिएको छ । पालिकाको […]

नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल

म्याग्दी, माघ २६  गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ ।  नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा […]

आमा समूहद्वारा सामूहिक आलुखेती

गलेश्वर (म्याग्दी),  माघ  २६ गते । परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा कृषि उत्पादन प्रवद्र्धन आयोजनाअन्तर्गत सो समूहलाई रु तीन लाख अनुदानबाट दुईवटा […]

सन्तुलित विकासलाई ध्यान दिन प्रदेश सरकारलाई स्थानीय तहकाे अनुरोध

विकल्प न्युज / बेनी माघ २५ गते । जिल्ला समन्वय समितिले आगामी जिल्ला सभा मार्फात योजना व्याङ्क निर्माण गर्ने भएको छ । जिल्ला समन्वय समिति म्याग्दीमा बिहीबार भएको स्थानियतह र प्रदेश मातहतका कार्यालय प्रमुखहरुको समन्वय बैठकले उक्त निर्णय गरेको हो । जिल्ला भित्र पर्ने योजनाहरुमा डुप्लिकेसन हुने तथा अन्य केही समस्याहरु देखिएकोले जिल्ला समन्वय समितिका […]

बेनी बोर्डिङ कप : शुक्रबारदेखि सेमिफाइनलका खेल हुने

विकल्प न्युज / बेनी माघ २५ गते । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग, दरबाङ बोर्डिङ्ग, […]

बेनी नगरको रावण पार्क निर्माण योजना एक वर्षदेखि अलपत्र

घनश्याम खड्का/बेनी माघ २५ गते ।  बेनी नगरपालिका–५ पुलाह आश्रममा निर्माणाधीन रावण पार्क एक वर्षदेखि अलपत्र परेको छ । नगरपालिकाले समयमा प्रगति विवरण नबुझाउँदा बजेट निकासा नभएर पार्क निर्माण प्रभावित भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अर्न्तगत ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण […]

गायक राजेन्द्र सापकोटाको ‘हैना भन्नीलाई’ ले मन जित्दै

विकल्प न्युज / बेनी माघ २४ गते । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री […]