समाचार
समिक्षा अधिकारी र बिजुन केसीको मायाको आरती सार्बजनिक

विकल्प न्यूज/बेनीअसार २३ गते । लोकप्रिय गायिका समिक्षा अधिकारी र कलाकार बजुन केसीको स्वर रहेको तीजको गीत मायाकोआरती म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो
बेनीमा रावण पार्क र प्रतिमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

विकल्प न्यूज/बेनीअसार २३ गते । सर्वोच्च अदालतले म्याग्दीको बेनीमा रावण पार्क र प्रतिमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । बेनी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगका बेनी नगरपालिका–५, पुलाको पछैमा रावण पार्क बनाउन लागेको थियो । मन्त्रालय र नगरपालिकाको ७०÷३० […]
धारामा पानी पर्खिँदै पुरुण्डीवासी

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूजअसार २२ गते ।बेनी देखि माथिको पुरुण्डी गाउँ पुग्दा धारामा पानी थाप्नका लागि थुप्रिएका भाँडाहरु देखिन्थे । यहाँ १०/१२ घरले प्रयोग गर्नेगरी वर्षौ पहिला बनाइएका धाराहरु रहेछन् । यहाँ दिनमा मुस्किलले एक देखि दुईघण्टा मात्र पानी आउछ । यहाँ बसोबास गर्ने करिब एकसय घरधुरीलाई पिउने पानीको निकै समस्या छ । बर्खायाममा केही सहज […]
पर्वतको कार्किनेटामा पहिरोमा परेर दुई जनाको मृत्यु

विकल्प न्यूज/पर्वतअसार २२ गते । साङेतिक तस्विर पर्वतको फलेवास नगरपालिका १ कार्कीनेतामा पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । शनिबार परेको अविरल वर्षाका कारण गोठ भन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुनेमा पन्छेकै झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का तुलसीराम पौडेल रहेको पर्वत […]
खबरा खानेपानी आयोजनामा ठेकेदारको लापरबाही

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २२ गते । बेनी नगरपालिका २ को खबराको वस्तीमा पिउने पानी उपलब्ध गराउन चार वर्ष देखि खबरा खानेपानी आयोजना निर्माणधिन छ । संघीय सरकारको बजेटबाट बेनी नगरपालिकाले ठेक्का मार्फत योजना निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्ष सम्म आइपुग्दा तीनवटा ठेक्का मार्फत योजना निर्माण भइरहेको छ । अहिले सम्म एक करोड ३१ […]
धवलागिरीमा बेथिति मौलायो ः असुल उपर बेरुजू करिब ५६ लाख

विकल्प न्यूज/बेनीअसार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा बेथितिले सीमा नाघेको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा आर्थिक अपारदर्शीता,अनियमितता र सुशासनको पक्ष कमजोर भएको पाइएको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९\८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा थुप्रै बेथितिहरुलाई उल्लेख गरेको छ । महालेखापरीक्षकले औल्याइदिएको आर्थिक अनियमितता र कमजोरी पक्षहरुको विष्लेशण गर्दा सुशासनको पाटो कमजोर हुँदै जान […]
बेनीको प्रकाश माविमा विद्यार्थीलाई कपाल काट्ने तालिम

ठाकुरप्रसाद आचार्यम्याग्दी, असार २२ गते । विद्यार्थीलाई पढाईका साथै व्यवहारिक सीप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाईका साथै विद्यार्थीको रोजाई अनुसारको सीपमुलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले संचालन गरेको ‘‘हामी सक्छौं,हामी गछौं ’’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका तीसजना विद्यार्थीहरुलाई कपाल […]
बेनीका ७ विद्यालयको कक्षा समायोजन

विकल्प न्यूज/बेनीअसार २२ गते । बेनी नगरपालिकाले विद्यार्थी संख्या न्यून भएका ग्रामिण भेगका ७ वटा विद्यालयको कक्षा समायोजन गरेको छ । ग्रामिण भेगमा रहेका विद्यालयहरुमा वर्षेनी विद्यार्थी संख्या घट्दो छ । बसाईसराई,निजी विद्यालयप्रतिको आकर्षण र ग्रामिण भेगका सामुदायिक विद्यालयको व्यवस्थापन फितलो भएका कारण विद्यार्थी संख्या घटेको हो । चालु आर्थिक वर्षमा ७ जना भन्दा कम […]
जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

विकल्प न्यूज/जलजलाअसार २२ गते । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट एकवटा छनौंट गरी ९ वटा […]
शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान

असार ३ गते । विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ। शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दवाव दिन कालीगण्डकीको शिलाहरूमा हिन्दु धर्मावलम्बीहरूको नाम लेख्ने अभियान चलाएको हो। कालिगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश […]
‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर संगै गायीका पवित्रा […]
म्याग्दी गण्डकी यू –१९ महिला भलिबलमा छनौंट

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीले गण्डकी प्रदेशस्तरीय यू–१९ महिला तथा पुरुष भलिबल खेलाडीहरुको छनौट प्रतियोगितामा म्याग्दी प्रथम भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको महिला तथा पुरुष यू–१९ भलिबल प्रतियोगिताका लागि आयोजित छनौट खेलमा कास्कीलाई पराजित गदैं म्याग्दीले उपाधि जितेको हो । पहिलो सेट १८–२५ ले पराजित भएको म्याग्दीले […]
मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण

म्याग्दी, असार २ गते । म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् । क्लबका अध्यक्ष दिनेश बानियाँले गत तीजका अवसरमा आयोजना गरिएको मेलाको आम्दानी र श्रमदान जुटाएर पर्यटकीय पूर्वाधार […]
सडक कालोपत्रे भएपछि सल्यानका कृषक उत्साहित

ठाकुरप्रसाद आचार्य असार २ गते । सडक कालोपत्रे भएसँगै बेनी सँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पु¥याउन सहज भएको छ । घर माथिको सडक कालोपत्रे भएर नियमित रुपमा सवारीसाधान गुड्न थालेपछि आचार्यलाई खेतबारीमा उत्पादन भएको तरकारी बेनी पु¥याउन सहज भएको हो । आचार्यका साथै यहाँ […]
पूर्वाधार निर्माणले चिटिक्क हुँदै छ ढोलठाना दरबार (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,असार १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण […]