यस्तो छ भुतेखोलाको दह ! जहाँ पौडी खेल्न नजानुहोला (फोटोफिचर)
-
यस्तो छ भुतेखोलाको दह ! जहाँ पौडी खेल्न नजानुहोला (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज चैत ५ गते । म्याग्दीको काँफलडाँडा र पर्वतको वासखर्कको सिमाना भएर बग्ने भुते खोलामा रहेको दहको शुक्रबार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य,जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल साहयक प्रमुख जिल्ला अधिकारी यामवहादुर चोखाल,यादवनाथ आचार्य र पत्रकार सहितको टोलीले स्थलगत निरिक्षण गरेको छ । दहमा वर्षेनी पौडी खेल्दा युवाहरुको ज्यान गुमेपछि…
पुरा पढ्नुहोस » -
घोडेपानीमा ड्रोन उडाउने विदेशी नागरिक पक्राउ
विकल्प न्यूज /बेनी चैत ४ गते । म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानीको आकाशमा ड्रोन उडाउने एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान ७ बजेको समयमा घोडेपानी एरियामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी नागरिकले ड्रोन उडाइरहको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो । डिप्लोमेन्ट ट्रेक एण्ड एक्सिपरेशन ट्रेकिङ एजेन्सी मार्फत…
पुरा पढ्नुहोस » -
सर्वसाधारण भन्छन् ः ग्यासमा कालोबजारी भयो, प्रजिअ भन्छन् भोली अनुगमन हुन्छ
विकल्प न्यूज/बेनी चैत ४ गते । नेपाली समाजमा एउटा उखान चर्चित छ । “लगन पछिको पोते के काम ?” उखानलाई चरितार्थ गर्दै छ जिल्ला प्रशासन कार्यालय म्याग्दी । विहिवार बेनीमा एकहजार भन्दा वढी ग्यास भित्रियो तर सर्वसाधारण उपभोक्ताहरु भने सन्तुष्ट हुन सकेनन् । उपभोक्ताहरुले ग्यास पाउन सकेनन् । बजारमा रहेका अधिकांश ग्यास…
पुरा पढ्नुहोस » -
२४ वर्षीय रामवहादुर थापा – परिवारकै खम्बा
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज म्याग्दी,चैत ४ गते । २४ वर्षीय युवा रामवहादुर थापामगरलाई पाँचवर्ष अगाडी घरखर्ची चलाउन धौधौ पर्ने गर्दथ्यो । १३ जनाको परिवार धान्न र आफ्नो पढाइ खर्च जुटाउन उहाँलाई मुश्किल मात्र परेन खर्चकै अभावमा १२ कक्षामै थापाको पढाइले पूर्णविराम लाग्यो । तर अहिले उहाँलाई पैसाको कुनै चिन्ता छैन् । रामवहादुरले…
पुरा पढ्नुहोस » -
कालीगण्डकी नदी किनारको स्थलगत अनुगमन ः सफाई अभियान चलाइने
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, चैत ४ गते । म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने पवित्र नदी कालीगण्डकीमा फ्याँकिने फोहोरको बिहीबार अनुगमन भएको छ । कालीगण्डकी नदीमा फोहोर बढ्दै गएपछि वास पत्रकार मञ्च म्याग्दीको अगुवाइमा सरोकारवाला निकायसहित स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । प्रशासन, जिविस, प्रहरी, नगरपालिका, खानेपानी तथा सरसफाई सव–डिभिजन,…
पुरा पढ्नुहोस » -
घरमा इन्धन भेटीए कारवाही ः प्रशासन
विकल्प न्यूज/बेनी चैत ३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले निजी घरमा इन्धन भण्डार गर्ने व्यक्तिहरुलाई कारवाही गर्ने भएको छ । व्यक्तिगत प्रयोजन भन्दै बजारका केही व्यक्तिहरुले ठूलो परिमाणमा इन्धन भण्डार गरि महङगोमा विक्रि गर्ने गरेको गुनासो सर्वसाधारणहरुले गर्न थालेपछि प्रशासनले यस्तो चेतावनी दिएको हो । गर्मी मौसममा असुरक्षित तरिकाले भण्डार गरिएको…
पुरा पढ्नुहोस » -
क्यान्सर पीडित अविनाशको उपचार खर्च जुटाउन नेविसंघको अभियान
विकल्प न्यूज/बेनी चैत ३ गते । क्यान्सर पीडित अविनाश बानियाँको उपचार खर्च जुटाउनका लागि नेपाल विद्यार्थी संघले बेनीमा आर्थिक संकलन अभियान सञ्चालन गरेको छ । अभियानका क्रममा बुधवार विद्यार्थीहरुले बेनीबजारमा घरदैलो गरेका हुन् । नेपाल बिद्यार्थी संघ माउण्ट एभरेष्ट उमाबि मुल ईकाई समितिको आयोजनामा मालिगेण्ट क्यान्सर पीडित बानियाँको सहयोगका लागि बुधबार बेनी…
पुरा पढ्नुहोस » -
म्याग्दीमा फेरी अर्को दुःखद घटना ः खोला डुवेर युवाको ज्यान गयो
विकल्प न्यूज /बेनी म्याग्दी,चैत ३ गते । म्याग्दीमा बुधवार फेरी अर्को दुःखद घटना घटेको छ । बुधवार भुतेखोलामा पौडी खेल्दा एक युवाको ज्यान गएको छ । म्याग्दीको काफलडाँडा र पर्वतको बासखर्कको सिमानाबाट बग्ने खोलामा पौडी खेल्दा एक यूवाले ज्यान गुमाएका छन् । बेनी नगरपालिका वाड नं ८ वास्वोट स्थायी घर भएका वर्ष…
पुरा पढ्नुहोस » -
“म्याग्दीका होस्टेलहरु” अवैध छन् ः विद्यार्थी संगठन
विकल्प न्यूज /बेनी म्याग्दी चैत ३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालनमा रहेका होस्टेलहरु अवैध भएको विद्यार्थी संगठनहरुले बताएका छन् । बुधवार जिल्लामा क्रियाशिल तिन विद्यार्थी संगठनले अवैध होस्टेलहरुलाई कानुनी कारवाही गर्नुपर्ने माग सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलाई बुझाएका छन् । अबैध तरिकाले सञ्चालन भैरहेका होस्टेलहरुका कारण शैक्षिक क्षेत्रमा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा विकराल बन्दै बालविवाह
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत ३ गते । म्याग्दीको चिमखोला ६ की १५ वर्षिया गिता बिकले आफ्नो बिवाह भएको जतिबेला थाहा पाईन त्यतीबेला उनि आफ्नै फुपुको घरमा दुलहि बनेर भित्रीइसकेकी थिईन् । ‘घर जाउँ भनेर फुपुको छोराले फकाएर लगे । फुपुको घर जान बुवा आमाले पनि रोक्नु भएन्’ गिताले तिन महिना अघिको घटना…
पुरा पढ्नुहोस » -
ओमकुमारी शान्तिकोषले सुरु ग¥यो अविनाश बचाउँ अभियान
विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले यहाँका एक युवाको जिवन वचाउनका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ । मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन कोषले अभियान थालनी गरेको हो । कोषले १८ बर्षिय बानियाँको जिवन…
पुरा पढ्नुहोस » -
किन समयमै निर्माण हुन सकेन मल्कबाङको लघुजलविद्युत आयोजना ?
हिरा बुढाथोकी, मल्कबाङ २ चैत्र । म्याग्दीको मल्कबाङमा ४ वर्ष अघी सुरु भएको नन्दिबाङ खोला लघु जलबिद्युत समयमै पुरा हुन नसक्दा बिजुली बाल्ने सपना बोकेका यहाँका जनताको चाहना अझै पुरा हुन सकेको छैन । धौलागेरी कम्युनिटी रेसोर्स डेभलपमेन्ट सेन्टर (DCRDC)बागलुङ्को सहजीकरणमा नेपाल सरकार विज्ञान तथा प्रबिधी मन्त्रालय, बैकल्पीक उर्जा प्रवर्द्वन केन्द्रको…
पुरा पढ्नुहोस » -
बागलुङ कालिका मन्दिरमा वैशाखबाट परेवाको बलि दिन रोक लगाइने
विकल्प न्यूज/बेनी चैत २ गते । मनोकामना पूरा हुने विश्वासमा परेवा भाकल गरी मन्दिरमा बध गर्ने परम्परामा रोक लगाइने भएको छ । यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा आगामी वैशाख १ गतेदेखि परेवाको बध गरिनेछैन। मन्दिर व्यवस्थापन समितिले सर्वसाधारणलाई बलिका लागि परेवा भाकल नगर्न समेत आग्रह गरेको छ । पूजाआजाका क्रममा…
पुरा पढ्नुहोस » -
म्याग्दीमा यसवर्ष सुन्तला विक्रीबाट साढे चार करोड भित्रीयो
सन्तोष गौतम/विकल्प म्याग्दी २ चैत । म्याग्दीका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब साढे चार करोड रुपैया जिल्लामा भित्र्याएका छन् । म्याग्दीमा उत्पादन भएको एक हजार २५१ मेट्रिक्टन सुन्तला बागलुङ, पर्वत, कास्की, चितवन र राजधानी काठमाडौमा निकासी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष कृषकले सुन्तला बेचेर चार…
पुरा पढ्नुहोस » -
अर्मनमा एकिकृत नेकपा माओवादीको गाउँ सम्मेलन आयोजक कमिटि गठन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ चैत । म्याग्दीको अर्मनमा एकिकृत नेकपा (माओवादी)को गाउँपालीका सम्मेलन आयोजक समिति गठन भएको छ । प्रेमबहादुर रोकाको संयोजकत्वमा मंगलबार १७ सदस्यीय गाउँपालीका सम्मेलन आयोजक समिति गठन भएको हो । समितिको सदस्यहरुमा धनप्रसाद रोका, ईन्द्रमती पुन घर्ती, खिमबहादुर रोका, गिता रोका, गैसरा बुढाथोकी, हुमामती बुढाथोकी, उमा सापकोटा, धनबहादुर…
पुरा पढ्नुहोस »