सर्वसाधारण भन्छन् ः ग्यासमा कालोबजारी भयो, प्रजिअ भन्छन् भोली अनुगमन हुन्छ
विकल्प न्यूज/बेनी
चैत ४ गते ।
नेपाली समाजमा एउटा उखान चर्चित छ । “लगन पछिको पोते के काम ?” उखानलाई चरितार्थ गर्दै छ जिल्ला प्रशासन कार्यालय म्याग्दी । विहिवार बेनीमा एकहजार भन्दा वढी ग्यास भित्रियो तर सर्वसाधारण उपभोक्ताहरु भने सन्तुष्ट हुन सकेनन् । उपभोक्ताहरुले ग्यास पाउन सकेनन् । बजारमा रहेका अधिकांश ग्यास विक्रेताहरुले वितरण नगरी गोदाममा ग्यास थन्काए । गोदाममा ग्यास थन्काएपछि उपभोक्ताहरु रुष्ट भएका छन् । 
ग्यासका डिलरहरुलाई उपभोक्ताहरुलाई ग्यास वितरण नगरी गोदाममा थन्काएको आरोप लाग्यो । केही उपभोक्ताहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगे । तर प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उधारो जवाफ फर्काए । “म भोली अनुगमन गर्दछु ।” जिल्ला सहकारी संघका अध्यक्ष समेत रहनुभएका दिपक कार्कीले भन्नुभयो । हामी सर्वसाधारणहरुले ग्यास नपाएको कुरा लिएर प्रशासन गएका थियौ तर प्रशासनबाट उपभोक्ताको पक्षमा कुनै जवाफ आएन उहाँले भन्नुभयो ।
ग्यास वितरण स्थलमा सँगै भएका प्रहरी समेत रमिते बने ।
यता प्रशासन भन्छ भोली अनुगमन हुन्छ । भोली अनुगमन गर्नु भनेको विवाह पछिको पोते जस्तै हो उपभोक्ताहरु भन्छन् । नाम नलेख्ने सर्तमा एक उपभोक्ताले भने ग्यास डिलरहरुले कालोबजारी गर्नका लागि ग्यास लुकाए । उनीहरुले राती ग्यास लुकाइ सक्छन् अनि प्रशासनबाट अनुगमन भएर के भो ?
नाकाबन्दी खुलेको धेरै समय हुँदा पनि बजारमा ग्यास सहज रुपमा उपलब्ध हुन सकेको छैन । बेनीमा गृहलक्ष्मी र शक्ति ग्यास प्रशस्त रुपमा आएपनि अधिकांश ग्यास विक्रेताहरुले कालोबाजरी गर्दा बजारमा सहज रुपमा ग्यास वितरण हुननसकेको हो । यसले गर्दा पहुँच नभएका सर्वसाधरण र विद्यार्थीहरु मर्कामा परेका छन् ।
विहिवार बेनीका ग्यास विक्रेताहरु बाघ जस्ता देखिएका थिए । लाईनमा वसेका सर्वसाधरण र विद्यार्थीहरुलाई ग्यास नदिकन रित्तो हात फर्कादिए । विहिवार बजारमा आएको शक्ति कम्पनीको ग्यास अधिकाँश विक्रेताहरुले उपभोक्तालाई विक्रि नगरीकन लुकाएपछि जिल्लामा ग्यासमा कालोबजारी भएको गुनासो आएको हो ।
विहिवार आएको ग्यासको विवरण


प्रतिक्रिया राख्नुहोस्