अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस
-
अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस
म्याग्दी, जेठ १५ गते । अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन…
पुरा पढ्नुहोस » -
म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी जेठ ७ गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की संरचना निर्माण सुरु गरिएको छ । नदी कटानको उच्च जोखिममा रहेको बजारलाई संरक्षण गर्न पक्की पर्खाल निर्माण गर्न लागिएको हो । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीमार्फत करिब एक करोड रुपियाँ लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट…
पुरा पढ्नुहोस » -
रघुगङ्गा गाउँपालिकाद्धारा प्रहरीचौकीहरुलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धारको क्रममा प्रयोग हुने सामाग्री प्रदान गरेको छ । गाउँपालिकामा रहेका पाँच वटा प्रहरी चौकीलाई रु ३ लाख बराबरको विपद् व्यवस्थापन तथा उद्धारको क्रममा उपयोग हुने सामाग्री प्रदान गरिएको हो । मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत…
पुरा पढ्नुहोस » -
बिम गाउँमा पक्की पदमार्ग
म्याग्दी, जेठ ६ गते । यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर…
पुरा पढ्नुहोस » -
मङ्गलाका किसानलाई कृषि औजार वितरण
म्याग्दी, जेठ ६ गते । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ वटा मिनिटेलर हलो,…
पुरा पढ्नुहोस » -
म्याग्दीमा युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने युवक पक्राउ
जेठ ५ गते । म्याग्दीमा एक युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धको नाटक गरी युवतीसँग अस्लिल भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम तथा गरगहना ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन । ठगी कार्यमा संलग्न भएको आरोपमा बेनी नगरपालिका–६ डम्मरा निवासी…
पुरा पढ्नुहोस » -
पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
पर्वत, जेठ ३ गते । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो । सामाजिक…
पुरा पढ्नुहोस » -
गुर्जा जोड्ने सडकलाई धवलागिरीको ऐतिहासिक उपलब्धि
बैशाख ३० गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडा नम्बर १ गुर्जालाई सडक सञ्जालमा जोड्नुलाई भौतिक पूर्वाधारतर्फ चालु आर्थिक वर्षको हालसम्मको प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरेको छ । पालिकाको केन्द्र मुनामा सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गुर्जा सडक सञ्जालमा जोडिएको, जलजला–ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेको र मुदीमा वडा कार्यालय भवन…
पुरा पढ्नुहोस » -
धवलागिरीलाई पूर्ण खोप घोषणा
बैशाख ३० गते । म्याग्दीको धवलागिरी गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिवद्धता सहित…
पुरा पढ्नुहोस » -
धवलागिरि आरोहणको ६६ वर्ष पूरा ः ७३३ जना पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख ३० गते । आज मे १३ अर्थात बैशाख ३० गते संसारको सातौ अग्लो धवलागिरि हिमाल आरोहण ६६ वर्ष पूरा भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा यो हिमाल अवस्थित छ । स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरि हिमालमा मानव पाइला…
पुरा पढ्नुहोस » -
मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षक तालिम सुरु
म्याग्दी,बैशाख २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । स्थानीय पाठ्यक्रम अन्तर्गत १५ विद्यालयमा मगर खाम भाषा पढाउने तयारीस्वरुप सुरु गरिएको तालिममा शिक्षकहरुलाई भाषा सम्बन्धी प्रशिक्षण दिन लागिएको हो । मगर खाम…
पुरा पढ्नुहोस » -
गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन
वैशाख २७ गते । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए…
पुरा पढ्नुहोस » -
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
म्याग्दी, वैशाख २४ गते । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुग्नुभयो । “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा सञ्चार–विद्युत् योजना सर्वेक्षणमै सिमित
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तार गर्ने योजना सर्वेक्षणमै सीमित भएको छ । विद्युत् र सञ्चार नहुँदा आधार शिविर पुगेका पर्यटकलाई सास्ती हुने गरेको छ । गत माघमा नेपाल टेलिकम र विद्युत प्राधिकरणसहितको टोलीले सम्भाव्यता अध्ययन गरे पनि अहिलेसम्म…
पुरा पढ्नुहोस » -
गौशालामा पूर्वाधार निर्माण तयार
ठाकुरप्रसाद आचार्य म्याग्दी, बैशाख २३ गते । म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालामा धार्मिक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । गौशालालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य सहित संघीय र स्थानीय सरकारको गरेर साढे चार करोड रुपियाँ लगानीमा धार्मिक संरचना तयार पारिएको छ । गाउँपालिका…
पुरा पढ्नुहोस »