अर्मनमा एकिकृत नेकपा माओवादीको गाउँ सम्मेलन आयोजक कमिटि गठन
सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २ चैत ।
म्याग्दीको अर्मनमा एकिकृत नेकपा (माओवादी)को गाउँपालीका सम्मेलन आयोजक समिति गठन भएको छ । प्रेमबहादुर रोकाको संयोजकत्वमा मंगलबार १७ सदस्यीय गाउँपालीका सम्मेलन आयोजक समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा धनप्रसाद रोका, ईन्द्रमती पुन घर्ती, खिमबहादुर रोका, गिता रोका, गैसरा बुढाथोकी, हुमामती बुढाथोकी, उमा सापकोटा, धनबहादुर रोका, बिरबहादुर बिक, नोटबहादुर रोका, चिनकुमारी किसान, शान्ती छन्त्याल, बलबहादुर रोका र मनप्रसाद कडेल रहनुभएको छ ।
समितिले गाउँपालीकाको सम्मेलन गरेर नयाँ कार्यसमिति चयन गर्ने जिम्मेवारी पाएको छ । भेलालाई सम्बोधन गर्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय परिषद् सदस्य तथा पुर्व सांसद गोविन्द पौडेलले दश वर्षे जनयुद्ध र विभिन्न आन्दोलनको उपलब्धी स्वरुप नेपालमा संघिय, समावेशी, गणतन्त्रात्मक र धर्मनिरपेक्षता सहितको नयाँ संबिधान निर्माण भएको बताउनुभयो ।
एमाओवादी नेता पौडेलले नयाँ संबिधानको ब्यवहारीक कार्यान्वयन गरी देशको विकास, जनतालाई सहज रुपमा राज्यको सेवा सुबिधा उपभोग गर्ने वातावरण सिर्जना गर्न र राज्यका हरेक निकायमा सबैको समान पहुँच स्थापित गराउन एमाओवादीले पहल गरीरहेको बताउनुभयो ।
कार्यक्रममा एकिृत नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकी, अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रिय सदस्य मोहनलाल कडेल र जिल्ला अध्यक्ष भिमबहादुर बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्