ओमकुमारी शान्तिकोषले सुरु ग¥यो अविनाश बचाउँ अभियान
विकल्प न्यूज/बेनी
चैत २ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले यहाँका एक युवाको जिवन वचाउनका लागि आर्थिक संकलन अभियान सुरु गरेको छ ।
मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन कोषले अभियान थालनी गरेको हो । कोषले १८ बर्षिय बानियाँको जिवन रक्षा गर्नका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुलाई सहयोगको आह्वन गरेको छ ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग जुटाउन कोषद्धारा अभियानको थालनी गरिएको अध्यक्ष राजेश शाक्यले बताउनुभयो । कोषको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना मार्फत कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा अविनाश बचाउँ अभियानको आर्थिक सहयोग संकलन उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा मोना कतारका पूर्व अध्यक्ष विक्रम कार्की,मोना दक्षिण कोरियाका अध्यक्ष आलोक बानियाँ,कोषका सदस्य खम थापा र विनय श्रेष्ठ रहनुभएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारर्थ बानियाँका लागि करिब दशलाख रुपियाँ खर्च लाग्ने भएकाले एक युवालाई बचाउनु सवैको कर्तव्य भएको अध्यक्ष शाक्यले बताउनुभयो । अध्यक्ष शाक्यले कार्यक्रममा व्यक्तिगत रुपमा पाँचहजार सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियो । यस्तै बेनीमा रहेको विश्वमित्र वचत तथा ऋण सहकारी संंस्थाले पनि बानियाँको उपचारका लागि १२ हजार पाँचसय रुपियाँ सहयोग गरिएको संस्थाका अध्यक्ष कृष्ण बानियाँले जानकारी दिनुभयो । शान्तिकोषले अहिले सम्म १४ जना विभिन्न रोग लागेर विरामी भएकाहरुको आर्थिक सहयोग संकलन लागि अभियान सञ्चालन गरिसकेको छ । ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्