घोडेपानीमा ड्रोन उडाउने विदेशी नागरिक पक्राउ
विकल्प न्यूज /बेनी
चैत ४ गते ।
म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानीको आकाशमा ड्रोन उडाउने एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान ७ बजेको समयमा घोडेपानी एरियामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी नागरिकले ड्रोन उडाइरहको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।
डिप्लोमेन्ट ट्रेक एण्ड एक्सिपरेशन ट्रेकिङ एजेन्सी मार्फत घुम्न आएको युक्रेनी नागरिक DMYTRO POLIAKH P.P.NO EK146814 ले उक्त ड्रोन इजाजत विना उडाएकाले प्रक्राउ गरिएको प्रहरी नायव निरिक्षक लोकेन्द्र शिं गुरुले बताउनुभयो ।
उक्त युक्रेनि नागरिकको साथबाट ड्रोन सेट (०१ ,ऐ।को रिमोट(०१ थान,ऐ।को ब्याट्रि ०२ थान,मेमोरि कार्ड(०१ थान समेत नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्