ताजा समाचार:
Search

बेनीमा मधुमेह रोग सम्बन्धी लायन्सको सचेतनामुलक कार्यक्रम

11202841_973566142706161_1118059624280061363_n

बेनी/विकल्प
कात्तिक ३० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लवले मधुमेह(चिनी) रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको छ । बेनीमा क्रियाशिल लायन्स क्लबअफ बेनी म्याग्दी,बेनी सिटी, म्याग्दी दोभान,लायन्स क्लबअफ बेनी चौतारी पर्वत बेनी र लियोको संयुक्त आयोजनामा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारी मुलक कार्यक्रम गरीएको हो ।
क्लवमा आवद्ध भएका लायन्सका सदस्यहरुले बजारमा मधुमेह(चिनी) रोग सम्बन्धी जानकारीमुलक दुइहजार भन्दा वढी पर्चा वितरण गरेका छन् । लायन्सले सदरमुकाम बेनी बजार र पर्वत बेनीमा मधुमेह(चिनी) रोगका वारेमा सर्वसाधारणहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको अयोजना गरिएको बेनी सिटीका अध्यक्ष दिपेन्द्र (दिपु) श्रेष्ठले बताउनुभयो ।

रोगका वारेमा जानकारी नहुँदा धेरै मानिसहरु अहिले पनि मधुमेहबाट ग्रसित भएकाले कार्यक्रमले रोगका वारेमा जानकारी दिनुका साथै यसबाट बच्ने उपायाका वारेमा सचेत बनाउने कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्म बास्तबिक उपचार पत्ता लागी नसकेको मधुमेह रोगलाई जति सामान्य रुपमा हेरिन्छ यो रोग त्यतिनै जटिल पनि छ । रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ । मधुमेह लाई नेपालीमा चीनी रोग भन्छन् ।

12241769_973565669372875_5274655243709727982_n
मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि ग्रा र डि ल भन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।

 

मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोमबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा मधुमेह हुने गर्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ ।

अत्यधिक मोटा व्यक्तिहरू, मद्यपानको सेवन सधैं गर्ने, प्याङ्क्रियज ग्रन्थिको रोग लागेका, मधुमेहको वंशानुगत रोग भएका व्यक्ति तथा तिनका सन्तति केही औषधिहरू एवं अन्य रोगसँगै अथवा अन्य रोगको उपचारसँगै आइलागेका समस्याबाट मधुमेह हुने गर्छ । मधुमेह रोग लागेका बिरामी यदि दुब्लो शरीर भएको, तीस वर्षभन्दा कममा नै रोग देखिन सक्छ ।

madhumeya1
मधुमेहका बिरामीहरू ४० वर्ष नाघेका, शरीरको वजन बढी भएका (मोटा) एवं अल्छी व्यक्ति हुन्छन् । मधुमेहका रोगीहरूलाई अत्यधिक मात्रामा तिर्खा लाग्ने, भोक असाध्यै लाग्ने तर शरीरको वजन भने घट्दै जाने हुन्छ । रातमा बारम्बार पिसाब गर्न उठ्नुपर्ने तथा अत्यधिक पिसाब लाग्ने गर्छ । शरीरमा चिनीको मात्रा अत्यधिक हुने, पिसाब जाँच गराउँदा पिसाबमा चिनी देखिने, किटोन पदार्थ जम्मा हुने, शरीरमा अम्लीयपन ज्यादा हुने र बिरामी बेहोस हुने गर्छन् ।
सबै बिरामीमा लक्षण देखिनुपर्छ भन्ने छैन । कोही मानिसमा रगत जाँच गर्दा मधुमेह पत्ता लाग्छ । ती मानिसमा कुनै लक्षण नहुन पनि सक्छ । मधुमेहका रोगीहरुले जे पायो त्यहीँ खानेकुरा खान हुँदैन । खानपानमा ख्याल नदिने हो भने यसले झनै ठूलो असर पार्छ ।