ताजा समाचार:
Search

प्रधानमन्त्री ओलीको देशवासीको नाममा सम्बोधन

CT2oKgAUAAA6__w.jpg largeकाठमाडौं – प्रधानमन्त्री केपी शर्माले ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि देशवासीको नाममा पहिलो संबोधन गरेका छन् । सम्बोधनका केही अंशः
– गत असोज २ गते संविधानसभाबाट संविधान जारी भएको छ । नेपाली जनताको लामो संघर्षमा प्रकट आकांक्षा पुरा भएको छ । सामाजिक न्यया, संघिय लोकतान्त्रि गणतन्त्र, धर्मनिरपक्षेता लगायतका क्रान्ति तथा जनआन्दोलनका उपलब्धि संस्थागत भएका छन् ।
– निर्माण प्रक्रिया र अन्तरवस्तु दुबैबाट नेपालको संविधान विश्वका कुनै पनि देशसँग तुलना गर्दा उत्कृष्ट रहेकोमा गर्व नयाँ र समृद्ध नेपाल निमार्ण गर्ने आधार तयार भएको छ । शान्तिप्रक्रिया पूर्ण भएको छ र एक दशक लामो सक्रमणकाल पुरा भएको छ । राजनैतिक समाधान भएको छ । नेपाली समाजका पुष्पलाल, विपि र मदन भण्डारी आन्दोलन र जनसमूदायप्रति उच्च सम्मान प्रकट गर्दछु ऐतिहासिक जनआन्दोलन र संविधानसभाको निर्वाचनबाट प्राप्त जनादेश अनुरुप कार्यभार पुरा भएको ।
– नेपाल राष्ट्रले दिगो र समावेशी संवैधानिक व्यवस्थाको आवश्यकता महसुस गरेर संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गरेको सबै नेपालीका लागि उत्तिकै सम्मान, अधिकार प्रत्याभूत । सबै भाषा, संस्कृति, क्षेत्र र लिंगका हकअधिकार सुरक्षित भएका छन् ।
– युगौँदेखी पछि पारिएका समूदायका लागि समान अधिकार मात्रै नभइ संविधानले थारु अल्पसंख्यक , मुस्लिम , लैगिंक तथा यौनिक अल्पसंख्य गायतका लागि समावेशी प्रतिनिधित्व, समाजीक न्याय, रोजगारी लगायतका क्षेत्रहरुमा विेशष व्यवस्था गरेको छ ।
– संविधान गतिशिल दस्तावेज भएकाले यसमा सुधार गर्न सकिने पर्याप्त आधार छ । राष्ट्रिय औचित्य र जनहितका आधारमा संविधानमा संशोधन हुनसक्छ ।
– सीमांकन पनि परिवर्तन हुनसक्छ । आन्दोलनरत दलहरुसँगको वार्तामार्फत संविधान संशोधन गर्न सरकार तयार छ । अतः वार्तालाई अघि बढाउन आग्रह गर्दछु । भद्र सहमति भएको थियो । संविधानको कार्यान्वयन, देशले सामना गरिरहेको अघोषित नाकाबन्दीको अन्त्य, भूकम्पपछिको पुर्ननिर्माण जस्ता राजनैतिक अभिभारा पुरा गर्न सहकार्य हुने विश्वास । संम्बोधन गरिरहेको यस क्षण देश संवदेनशिल अवस्थाबाट गुज्रिएको छ ।
– सार्वभौम राष्टले लोकतान्त्रिक संविधान जारी गर्दा यति कस्ट, पिडा र नाकाबन्दी जस्तो अमानविय व्यवहारको समाना गर्नुपर्ला भन्ने कुरा आजको एक्काइसौँ शताब्दीमा कल्पना गर्न सकिन्न । तर आज हामी यस्तै अवस्थामा छौँ । नेपाली जनताको चाडपर्वका बेला पनि घरमा चुलो बाल्न र एक अर्काका घरमा पुगेर माया र आर्शीवाद बाडँ्न पनि निकै गाह्रो छ । यस्तो परिस्थितीमा पनि नेपाली जनतलो देखाएको धैर्यता, डेढ महिनादेखीको अघोषित नाकाबन्दीले राष्ट्रिय जीवन नराम्ररी प्रभावित भएको छ ।
– भूकम्पले थिलथिलो बनाएको छ । ९ हजारको मृत्यु भएको थियो भने २३ हजार घाइते र लाखौँ घरबारविहिन । ७ खरबभन्दा बढी तराईमा मधेसले एक हदसम्म नेपाल–भारत सिमा नाकामा अवरोध गरिदाँ नेपालले गम्भिर मानविय संकट सामना गर्नुपरेको छ । नुन, खाद्यान्न, औषधि र इन्धन समेतको अभाव भइ रगत संकलन गर्ने प्याकेटको अभावले सुत्केरी र शल्यक्रिया गर्नुपर्ने बिरामी जोखिममा इन्धनको अभावमा एम्बुलेन्स, चिकित्सक र स्वास्थकर्मीका सामाग्री नचल्ने, यसरी युद्धको बेलामा समेत हुन नहुने संकट देखा परेको छ ।
– भूकम्पको विनाश भोगको देशमाथि भएको यस्तो व्यवहारलाई मानविय संवदेशना भएका जोकोहीले अमानविय स्वतन्त्र राष्टको सार्वभौमिकताको सम्मान गरिनुपर्ने पञ्चशिलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको वडापत्र, संयक्तु राष्ट्रसंघले पारवहान सम्झौता, व्यापार र पारवहान सन्धी र दुई देशबीचको पुरानो संम्बन्ध र दुई देशका जनताबीचको सम्बन्धको अवमूल्यन भएको छ । अग्रिम पैसा दिएको सामना समेत आपूर्ति नगर्ने आयल निगमको कुनै समस्या नभएको स्थानमा समेत आपूर्ति सुचारु नहुनेले दुख ।
– नेपाल भारतबीचको सुमधुर सम्बन्ध अप्रिय भएको छ । यस्तो स्थिती कायम रहने र दुई देशबीच सम्बन्ध सुर्धने विश्वास छ ।
– उत्पादित वस्तुहरु बजारमा पुग्न नसक्ने अवस्था सिर्जना भइ भूकम्पले थिलथिलो पारेको मूलुक थप बिग्रिएको छ । उद्यमी व्यवसायिले भोग्नुपरको पिडाबारे हामी जानकार छौँ । उत्पादीत दुध, तरकारी लगायतका समान बजारमा नपुग्दा किसानहरु मारमा छन् । शिक्षण संस्था बन्द हुदाँ ललाखौँ बालबालिकाको भविष्य अन्यौलमा छ । कुन जनसमूदायको अधिकारका लागि आन्दोलन गरिएको छ । त्यही जनसमूदाय पिडित छन् । हाम्रो देश कहिल्यै कसैको अधिनमा नरहेको बुद्धको जन्मथलो शान्तिका लागि विश्वका थुप्रै मोर्चादेखी विश्व समूदायलाई हाम्रो सैनिकले ठूलो गुण लगाएका छन् । हामील्े आफ्ना समस्याहरु आफैँ समाधान गद्र्रै आएका छौँ । Ratopati