धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल


मिलन सुवेदी/मालिका
कात्तिक २९ गते ।

निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई आकर्षित गरेको छ ।

भौगोलिक र प्राकृतिक सौन्दर्य ः


निस्कोट बराह ताल हरियाली पहाडहरू र हिमश्रृङ्खलाको बिचमा रहेको छ । वरपरको मनोरम वातावरणले ताललाई प्राकृतिक सौन्दर्ययुक्त बनाएको छ । स्थिर र स्वच्छ पानीमा हिमालको प्रतिबिम्बलाई स्पष्ट रूपमा देख्न सकिन्छ । जसले तालको दृश्यलाई झन् आकर्षक बनाएको छ । यस तालको वरिपरि विभिन्न प्रकारका वनस्पति, जङ्गली जनावरहरू र पंक्षीहरू पाइन्छन् । जसले तालको जैविक विविधतालाई बलियो बनाएको छ । विभिन्न ऋतुहरूमा तालको वातावरण बदलिन्छ । विशेषगरी वसन्त र हिउँदमा यो ताल थप आकर्षक देखिन्छ ।

धार्मिक र सांस्कृतिक महत्व ः
बराह तालको धार्मिक महत्व छ । यस ताललाई बराह देवताको बसोबासको रूपमा लिने गरिन्छ । यहाँ धार्मिक भक्तजनहरु पूजाआराधनाका लागि आउने गर्दछन् । मनोकामना पूरा हुने र पापबाट मुक्ति पाइने धार्मिक विश्वास छ । विशेष पर्वहरूमा स्थानीय तथा अन्यत्रबाट आउने श्रद्धालुहरूले यहाँ मेला, पूजा र विशेष धार्मिक अनुष्ठानहरू गर्दछन् ।
पर्यटनको सम्भावना ः
निस्कोट बराह तालमा भ्रमण गर्न आउने पर्यटकहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण तालले घरेलु तथा विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । ताल वरपर पर्यटकीय पूर्वाधारको विकास गरी यसलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा विकास गर्ने ठूलो सम्भावना छ । तालको पर्यटन प्रवद्र्धन स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ, जसले होटल, यातायात र अन्य सेवाहरूको वृद्धि गराउँछ ।
पारिस्थितिक र पर्यावरणीय महत्व ः
तालको पारिस्थितिक सन्तुलन अत्यन्त महत्वपूर्ण यहाँको जैविक विविधता संरक्षणका लागि स्थानीय निकायको ध्यान आवश्यक छ । तालमा फोहोर र प्रदूषण रोक्न, वन संरक्षण गर्न र जैविक सन्तुलन कायम राख्न उचित कदमहरू चाल्नुपर्ने आवश्यकता छ । तालको पानीको गुणस्तर, वनस्पति र वन्यजन्तु संरक्षण गर्न सकेमा यसले दीर्घकालसम्म पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पु¥यो ।
संरक्षणका चुनौतीहरू ः
निस्कोट बराह ताललाई संरक्षण गर्न विभिन्न चुनौतीहरू छन् । अव्यवस्थित पर्यटन, वातावरणीय प्रदूषण र स्थानीय स्रोतहरूको अत्यधिक प्रयोगले तालको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वलाई जोखिममा पारेको छ । स्थानीय तह, सरोकारवालाहर र पर्यवरणीय विद्हरुले तालको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । उचित रणनीति र योजना मार्फत तालको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सकिन्छ जसले यसलाई भावी पुस्ताका लागि पनि सुरक्षित राख्न मद्दत पु¥याउँछ ।
निश्कर्ष ः
निस्कोट बराह ताल एक अमूल्य सम्पत्ति हो, जसले धार्मिक, पर्यटकीय, सांस्कृतिक र पर्यावरणीय महत्व राख्छ । यसको सौन्दर्य र पवित्रता संरक्षणका लागि स्थानीय र प्रदेश सरकारहरूले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्नुपर्ने छ । यदि यस तालको महत्वलाई थप प्रवद्र्धन गर्न सकियो भने यो स्थानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा ख्याती कमाउन सक्छ । निस्कोट बराह ताल केवल म्याग्दी जिल्लाको मात्र नभई सम्पूर्ण गण्डकी प्रदेशको गौरव हो । यसको संरक्षण, विकास र प्रवद्र्धनले यहाँको स्थानीय जीवनस्तरमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्न सक्छ ।