विकल्प न्यूज/जलजला
फागुन २४ गते ।
नेकपा एमालेले देशब्यापी रुपमा संचालन गरेको ‘‘मिसन ग्रासरुट’’ अभियान अन्तर्गत पर्वतको जलजला गाउँपालिकामा वडास्तरमा भेला र वैठक सुरु भएका छन् । अभियानको पहिलो चरणमा पालिका स्तरीय भेला र प्रशिक्षण सम्पन्न गरेर यतिखेर वडास्तरमा भेला, वैठक र प्रशिक्षणलाई तिव्र पारिएको नेकपा एमाले जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो ।
मिसन ग्रासरुट अभियानलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट जलजलामा खटिनुभएका केन्द्रिय सदस्य,प्रदेश कमिटीका सदस्य र जिल्ला सदस्यका साथै पालिका पदाधिकारी सहित नेताहरुको टोली वडास्तरमा पुगेको छ ।
अभियानका क्रममा वडा वैठक,भेला,प्रशिक्षण र मिसन ग्रासरुट अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना निर्माण गरिएको जलजला कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबारसम्म पालिकाका २,३,४,५ र ९ नम्बर वडाका वैठक सम्पन्न भई टोलस्तर सम्म पुग्ने कार्ययोजना निर्माण भएका छन् ।
विभिन्न स्थानमा भएका वैठक तथा प्रशिषणका क्रममा मिसन ग्रासरुट अभियानले पार्टीलाई जलजलामा सुदृढ र बलियो बनाउने विश्वास गरिएको केन्द्रिय कमिटीका तर्फबाट जलजलामा खटिनुभएकी टासी स्याङ्वो गुरुङले बताउनुभयो ।
अभियानले कार्यकर्ता र नेताबीचको सम्बन्धलाई बलियो बनाउने,पार्टीको विचार,सिद्धान्त र कार्यदिशाका वारेमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइने उहाँले बताउनुभयो । समग्र पार्टीलाई चलायमान बनाउन सहयोग पुग्ने भएकाले नेता तथा कार्यक्रर्ताहरु अभियानमा जोडिन उहाँले अनुरोध गर्नुभयो ।
नेताहरु कार्यकर्ताको घरदैलोमा पुग्ने भएकाले पार्टीको नीति, नेतृत्व र कार्यदिशा एकैपटक सर्वसाधारणको तहमा सञ्चार हुनेहुँदा कार्यकर्तामा जागरण पैदा हुने जिल्ला कमिटीका उपसचिव विमल लामिछानेले बताउनुभयो । नेकपा एमाले पार्टी सधै जनताको सुख र दुःखमा साथ दिने पार्टी भएकाले अभियान लिएर फेरी जनताकोबीचमा आएको उहाँको भनाई थियो । पार्टी संगठन सुदृढीकरण तथा संगठन बिस्तार केन्द्रीत अभियान पार्टीका गतिविधिलाई अझ सशक्त र बलियो बनाएर लैजाने उपसचिव लामिछानेको बताउनुभयो ।
यसैबीच बुधवार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल महिला संघको आयोजनामा मिलनचोकमा योग शिविर तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
नविन आनन्द योग केन्द्रकी योग प्रशिक्षक कमलकुमारी पुन र अम्बिका श्रेष्ठले महिलाहरुलाई दुईघण्टा योग साधना गराउनुभएको अनेमसंघ जलजला कमिटीकी अध्यक्ष अनिता रेग्मीले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य टासी,जिल्ला उपसचिव लामिछाने,जलजला कमिटीका अध्यक्ष अधिकारी लगायत जिल्ला र पालिकाका नेता तथा कार्यक्रकर्ताहरुको उपस्थिति रहेको थियो । योग प्रशिक्षण समापन भएपछि अनेमसंघमा आवद्ध महिलाहरुलाई पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानका वारेमा नेताहरुले प्रशिक्षण दिनुभएको थियो ।