विकल्प न्यूज\बेनी
भदौं १८ गते ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस गरेको हो ।
त्यसैगरि समानुपातिकतर्फ म्याग्दी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्री पुन (दिलु तिलिजा), प्रदेश कमिटी सदस्य देउप्रसाद छन्त्याल र पार्टीका सल्लाहकार प्रा. डा. होमबहादुर बरुवाल रहेका छन् । म्याग्दीको निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज मुना बानियाँ, जिल्ला सचिव दुर्गा कार्की र सचिवालय सदस्य डम्बर पूर्जाको नाम सिफारिस गरिएको छ ।
म्याग्दीको निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ सचिवालय सदस्य जयन्द्र केसी, अनुप गौचन र जिल्ला कमिटी सदस्य ममता जुग्जालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य रुद्र किसान, बमबहादुर पाइजा र जिल्ला कमिटी सदस्य कल्पना सापकोटाको नाम सिफारिस गरिएको हो ।
सत्ता साझेदार दलहरुबिच आसन्न निर्वाचनमा हुने गठबन्धनमा संघ र प्रदेश मध्ये कुनै एक निर्वाचन क्षेत्र खाली नहुनेगरि मापदण्ड अपनाउन जिल्ला कमिटी म्याग्दीले नेतृत्वलाई आग्रह समेत गरेको छ ।