विकल्प न्यूज/जलजला
पुष ३ गते ।
नेकपा एमाले जलजला गाउँपालिका कमिटिको प्रचार विभाग प्रमुखमा सचिवालय सदस्य भिमसेन बराइली चयन हुनुभएको छ । शनिबार पालिका कमिटिका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षतामा बसेको सचिवालयको प्रथम वैठकले पार्टीका गतिविधिलाई आम रुपमा प्रचारप्रसार गर्नका लागि बराइलीको नेतृत्वमा ७ सदस्यीय प्रचार विभाग गठन गरेको कमिटिका सचिव महेन्द्र रेग्मीले बताउनुभयो । उहाँका अनुसार कमिटिको उपप्रमुखमा ताराप्रसाद सुवेदी र सचिवमा दिपक खोरजा चयन हुनुभएको छ ।
पार्टीका कामकारबाहीलाई व्यवस्थित रुपमामा सञ्चालन गर्नका लागि पर्वत बेनीमा पार्टीको कार्यालय स्थापना गर्ने निर्णय भएको प्रचार विभागका प्रमुख बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार वैठकले सचिवालय सदस्य रामबहादुर थापा प्रमुख रहेको ९ सदस्यी आर्थिक विभागको गठन गरेको छ ।
वैठकले ९ वडा कमिटीका वैठक गर्ने,पार्टी सदस्यता नविकरण, जनवर्गिय संगठनको भेला तथा अधिवेशन गर्ने, र पार्टी सदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख बराइलीले जानकारी दिनुभयो ।
वैठकमा अध्यक्ष अधिकारी, जिल्ला कमिटि सदस्य शिव आचार्य र बुद्धिप्रसाद सुवेदीले जलजलामा पार्टीलाई बलियो बनाउन पार्टीका सवै नेता तथा कार्यकर्ताहरु शसक्त रुपमा परिचालन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।