नेकपा एमाले जलजला ७ धाइरिङको प्रथम वैठक तथा युवा संघ गठन

विकल्प न्यूज/जलजला
मंसिर ४ गते ।

नेकपा एमाले जलजला गाउँपालिका ७ धाइरिङमा वडा कमिटीको प्रथम वैठक तथा राष्ट्रिय युवा संघ र युथफोर्सको वडा भेला सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष बेदनाथ आचार्यको अध्यक्षतामा सम्पन्न वैठकले पार्टी संगठन सुदृढीकरण तथा विस्तार गर्न अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष आचार्यले बताउनुभयो । आगमी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई बलियो बनाउन घरदैलो अभियान र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

साथै युवाहरुको भेलाले प्रताप आचार्यको अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्षमा शुसिल आचार्य,सचिव सुजन गिरी उपसचिव अविरल आचार्य,सदस्यहरु याम पुन,प्रलाद पौडेल, वसन्त आचार्य लगायत सदस्यहरु रहेका छन् ।

यसैगरी मेख पुनको अध्यक्षतामा २९ सदस्यीय युथफोर्स गठन गरिएको छ । जसको उपाध्यक्षमा रमेश आचार्य,सचिव राजन क्षेत्री उपसचिव अर्जुन शर्मा सदस्यहरु कपिलमणी घर्ति क्षेत्री,गणेश आचार्य,बावुराम रिजाल,दोवन गिरि लगायत सदस्यहरु रहेका छन् ।

वैठक तथा भेलाका प्रमुख अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा जलजला गाउँपालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

संघ र प्रदेशमा नेकपा एमालेको सरकार हुँदा जलजलाको विकासका लागि अघि बढाइएका विकासका योजनाहरु अहिलेको सरकारले खारेज गरेको बताउनुभयो । नेकपा एमालेले देशको विकास र समृद्धिको अभियान थालेपछि आत्तिएर विरोधीहरुले सरकार ढालेको उहाँको भनाई थियो ।

आगमी स्थानीय तहको निर्वाचनमा जलजलामा नेकपा एमालेलाई जिताउन सकेमामात्र यहाँको विकास र समृद्धिको अभियान अघि बढ्ने उहाँले बताउनुभयो । जनता सँग हातेमालो गर्दै सामाजिक कार्यका साथै पार्टी संगठन निर्माणको अभियानलाई अघि बढाउन उहाँले निर्देशन दिनुभएको वडा कमिटिका सचिव फुमबहादुर बुढामगरले जानकारी दिनुभयो ।
कार्यक्रमा जलजला कमिटिका उपाध्यक्ष बावुराम कार्की,सचिव महेन्द्र रेग्मी र युवा संघ पर्वतका सचिवालय सदस्य विकास गिरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । नव गठित युवा संघ र युथफोर्सका पदाधिकारी र सदस्यहरुलाई सचिवालय सदस्य गिरीले पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

नवगठित युवा संघ र युथफोर्सका अध्यक्ष द्धाय आचार्य र पुनले धाईरिङमा युवा संघ र युथफोर्स मिलेर सामाजिक गतिविधि गर्दै युवाहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । वडा कमिटीका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न वैठकको सञ्चालन वडा कमिटीका सचिव बुढामगरले गर्नुभएको थियो ।