विकल्प न्यूज/बेनी
जेठ ४ गते । पर्वतको जलजला गाउँपालिका ४ का २८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखराको जनप्रिय अस्पतालमा उपचाररत युवाको जेठ २ गते उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ । उहाँलाई बैशाख १८ गते कोरोना पुष्टि भएको थियो । यो सँगै जलजलामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।