नेपाल कम्युनिष्ट पार्टी (ओली ) पक्षले मंगलबार गरेको केन्द्रिय कमिटिको भेलामा पूर्व मन्त्री तथा विघटित प्रतिनिधिधि सभाका सांसद थममाया थापा र सांसद भुपेन्द्र बहादुर थापा जानुभएको छैन ।
ओली पक्ष भनेर चिनिनुहुने सांसद थापा ओलीले चालेको संसद विघटनको विपक्षमा हुनुहुन्थ्यो । उहाँहरु दुवै पक्षको भेलामा नगएर तटस्थ बसेको थापा निकट विश्वस्त सुत्रले जानकारी दिएको छ । ओलीले संसद विघटन गरेको दिन पूर्व मन्त्री थापाले सामाजिक सञ्जालमा विरोध गर्नुभएको थियो ।
भुपेन्द्र म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने पूर्व मन्त्री थापा समानुपातिक सांसद हुनुहुन्छ । पूर्व मन्त्री थापालाई राष्ट्रपति विद्या भण्डारी नजिकका रुपा चिन्ने गर्दथे । तर पछिल्लो समय प्रधानमन्त्री ओलीले चालेका पार्टी एकता विरोधी कदमको विरोध गर्दै एकताको पक्षमा आफूलाई उभ्याउनुभएको थियो । दुवै जना नेकपाको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।
सांसद थापा द्धायका साथै जिल्लामा प्रभावशाली मानिएका जिसस प्रमुख समेत रहनुभएका देवेन्द्र वहादुर केसी र पार्टी सचिव हरिकृष्ण श्रेष्ठ पनि तटस्थ बस्नुभएको छ ।