नेकपा (ओली पक्ष) को केन्द्रिय सदस्यमा म्याग्दीबाट पुन र शर्मा

विकल्प न्यूज/बेनी
पुस ७ गते । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ओली पक्षले आज काठमाण्डौमा गरेको केन्द्रिय समितिको भेलालले म्याग्दीबाट गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुन र पार्टीको प्रदेश कार्यालय सदस्य नवराज शर्मालाई केन्द्रिय महाअधिवेशन आयोजक समितिमा मनोनित गरेको छ । साथै केन्द्रिय सदस्य तथा विघटित प्रतिनिनिधि सभाका सांसद भुपेन्द्र बहादुर थापा पनि ओली पक्षको केन्द्रिय भेलामा पुगेको पार्टी स्रोतले जानकारी दिनएको छ ।

ओलीले आजै ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । म्याग्दीमा पुन र शर्मा ओली पक्षका प्रभावशाली नेता मानिनुहुन्छ ।