विकल्प डेक्स / बेनी
पुस ५ गते ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको मुखमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान संसद विघटनको निर्णय गरेपश्चात नेकपा थप संकटमा परेको हो ।
ओलीले पार्टी हित विपरित काम गरेकाले प्रचण्ड–माधब नेपाल समुहले दुवै पदबाट राजीनामा दिन दबाव दिँदै आएका थिए । यता केपी शर्मा ओलीको कुनै हालतमा दुवै पदबाट राजिनामा नदिने अडान थियो । यी दुई समुहको लामो रस्साकस्सी विच आइतबार विहानै नेपाली जनताले अप्रिय घटना सुन्नुप¥यो । त्यो थियो संसद विघटन र मुलुकमा मध्यावधि निर्वाचन ।
यो समाचार तयार पार्दा सम्म नेकपाको विवाद विभाजनसम्म पुगेको देखिन्छ । आइतबार अवेर बसेको नेकपा स्थायी कमिटिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्न पुस ७ गते वस्ने केन्द्रिय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ । केपी शर्मा ओलीबाट भएका पछिल्लो निर्णयबाट आइतवार दिनभर राजनीति तातोको छ । ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध देशभरबाट विरोध भएको छ । यता ओलीपक्षधरहरुले भने यसको बचाउँ गरेका छन् । सामाजिक सञ्जालमा भने ओली पक्षध रक्षात्मक रुपमा देखिएका छन् ।
नेकपा विभाजनको मुख पुगेका समयमा यता जिल्ला तिर राजनीतिक रुपमा शक्तिसन्तुलनको अवस्थ के रहेछ भनेर हामीले खोतल्ने प्रयास गरेका छौं । नेकपाको बलियो संगठन भएको म्याग्दीमा नेकपा विभाजन भइहाल्यो भने यसले के कति असर पु¥याउँछ ? पार्टी संगठनमा को कति बलियो छ ? जनआधार के छ ? भन्ने चासो यतिखेर सर्वत्र छ । नेकपाको विवाद र पार्टी भित्र देखिएको गुटबन्दीलाई हेर्दा म्याग्दीमा ओली पक्ष निकै कमजोर देखिन्छ ।
सत्ता र शक्तिको पछि लागेर फाइदा लिएका केही व्यक्ति र सामाजिक सञ्जालमा हाटहुट गर्ने सिमित समुह वाहेक ओली पक्षतिर खुलेर लाग्नेको संख्या न्यून छ । पार्टी संगठनको १० प्रतिशत मात्रै ओली समुहमा घोषित रुपमा लागेको नेकपा जिल्ला सचिवालयका एक सदस्यले बताए । पार्टीका कमिटिहरुमा ओली समुह निकै कमजोर रहेको ति सदस्यले बताए ।
नेकपाको जिल्ला अध्यक्षमा अहिले पूर्व माओवादीको कोटाबाट गोविन्द पौडेल हुनुहुन्छ । भने सचिव पूर्व एमालेका तर्फबाट हरिकृष्ण श्रेष्ठ हुनुहुन्छ । पौडेल प्रचण्ड – माधब नेपाल पक्षमा घोषित रुपमा उभिनुभएको छ । भने सचिव श्रेष्ठ केपी शर्मा ओली पक्षधर भनिएपनि घोषित रुपमा उभिनुभएको छैन । तर कतिपय जिल्ला नेताहरु भने श्रेष्ठ पार्टी विभाजन भइहाल्ने स्थितिमा पुगेमा ओली पक्षतिर नलाग्ने विश्वास गर्दछन् । श्रेष्ठलाई मध्यमार्गी नेताका रुपमा पनि कतिपय नेता तथा कार्यक्रर्ताहरुले बुझ्ने गरेका छन् ।
नेकपा म्याग्दीमा हाल ७ जनाको कार्यालय टिम छ । पार्टी अध्यक्ष गोविन्द पौडेल,सचिव हरिकृष्ण श्रेष्ठ,बालकृष्ण सुवेदी,देवराज सुवेदी,देवेन्द्र केसी,रेशम जुग्जाली र देब घले रहेका छन् । ७ जनाको कार्यालय टिममा प्रचण्ड – माधव पक्षमा सचिव श्रेष्ठ र देवेन्द्र केसी वाहेक अरु ५ जना खुलेर लागेका छन् । यस हिसावले केपी ओली पक्ष कार्यालय टिममा पनि कमजोर छ । जिसस प्रमुख समेत रहनु भएका केसी पनि केपि पक्षतिर नलाग्ने अर्काे समुहकाे विश्वास छ ।
संसद विघटनकाे केसीले पनि विराेध गर्नुभएको छ ।
यसैगरी ३२ जना रहेको सचिवालयमा पनि ओली पक्ष कमजोर देखिन्छ । पार्टी स्रोतले दिएको जानकारी अनुसार सचिवालयका ५ जना मात्रै ओली पक्षधरमा घोषित रुपमा लागेका छन् । अन्य दुईजना अहिले तटस्थ देखिएका छन् । यद्धपी पार्टी विभाजन भइहाले ति दुईजना ओली कित्तामा नजाने स्रोतले बतायो । यसरी हेर्दा पनि ३२ जनाको सचिवालयमा ओली पक्षधर कमजोर देखियो ।
यता समग्र जिल्ला कमिटिमा पनि ओली पक्षधर कमजोर दखियो । ९५ जना सदस्य रहेको जिल्ला कमिटिमा यतिखेर ओलीपक्षधर भनेर खुलेर लाग्नेको संख्या पनि न्यून छ । ५२ जना घोषित रुपमा ओली विरुद्धको समुहमा छन् । भने ओलीको पक्षमा लाग्नेहरु मुस्किलले १५ जना मात्रै रहेको पार्टी स्रोतले जानकारी दिएको छ । पार्टी नै विभाजन हुने स्थिती पैदा भएमा यो संख्या पनि घट्ने एक सचिवालय सदस्यले बताए ।
यसै गरी स्थानीय तहमा निर्माण गरिएका पार्टी कमिटिहरुमा पनि ओली पक्ष कमजोर देखिन्छ । बेनी नगरपालिका कमिटिका अध्यक्ष शेरबहादुर केसी र सचिव राजकुमार थापा घोषित रुपमा प्रचण्ड माधव नेपाल समुहमा उभिएका छन् । रघुगंगाका सचिव हरि भण्डारी खुलेरै प्रचण्ड माधव नेपाल समुहमा लागेका छन् ।
अन्नपूर्णका सचिव पूर्ण पाइजा,मंगलाका याम बहादुर रोका,मालिकाका गोविन सिउथानी घोषित रुपमा प्रचण्ड माधव नेपाल समुहमा लागेका छन् भने । धौलागिरिका अध्यक्ष खुमनाथ सुवेदी र सचिव देउप्रसाद छन्त्याल दुवै जना प्रचण्ड माधव समुहमा छन् । अन्नपूर्णका पार्टी अध्यक्ष खड्ग गिरी,मंगलाका प्रेमप्रसाद रेग्मी र मालिकाका बेगप्रसाद गर्बुजा पनि ओली समुहमा नलाग्ने प्रचण्ड– माधव नेपाल समुहको विश्वास छ ।
यसैगरी पार्टीको गण्डकी प्रदेश कमिटिमा म्याग्दीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद विनोद केसी प्रचण्ड – माधव नेपाल समुहमा हुनुहुन्छ । यसैगरी मुना बानियाँ,टेकबहादुर विक,खुमबहादुर बानियाँ,पार्टी अध्यक्ष पौडेल प्रचण्ड – माधव नेपाल समुहमा छन् । भने नवराज शर्मा,सामाजिक विकास मन्त्री नरदेवी पुन र पार्टी सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा हुनुहुन्छ । प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा ओली समुहमा हुनुहुन्छ ।
पूर्व मन्त्री थममाया थापा पनि ओली निकट चिनिनुहुन्छ । आइतबार ओलीले संसद विघटनको निर्णय गरेपछि पूर्व मन्त्री थापाले सामाजिक सञ्जालमा प्रस्तावको विरोध गर्नुभएको छ । थापाले सामाजिक सञ्जालमा प्रिय नेतागण ! ‘‘पार्टी भित्रको समस्याको समाधान संसद विघटन वा मध्यावधी निर्बाचन होइन ।
नेपाली जनताको लामो समय प्रतिक्षा पछिको कम्युनिष्ट पार्टीको बहुमत एवम् स्थितर सरकार बनाउन दिएको मतदानलाई सम्मान गरौं । आन्तरिक समस्या आन्तरिक रुपमै छलफल गरी पार्टी एकताको पक्षमा व्यक्तिगत इगो भन्दा देश,जनता र कम्युनिष्ट आन्दोलनको भविष्य सुनिश्चिततालाई सर्वपरी राखौं ।’’ भनेर लेख्नुभएको छ । उहाँको यो लेखाईलाई पढ्दा आगमी दिनमा ओली समुहमा लाग्ने जस्तो देखिदैन । ओलीको संसद विघटनको उहाँले विरोध गर्नुभएको छ ।
नेकपाको पार्टी संगठन कमिटि भित्रको विश्लेषण गर्दा म्याग्दीमा ओली समुह निकै कमजोर देखिन्छ । पार्टी विभाजन तहमा पुग्दा यो अझै कमजोर हुने नेकपा म्याग्दीका एक कार्यालय सदस्यले बताउनुभयो ।