म्याग्दीमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी

मंसिर १९ गते । म्याग्दीमा थप ९ जनामा काेराेना पुष्टि भएकाे छ ।

कन्त्याक्ट ट्रेसिङमा परेका र शकास्पद बिरामीहरुको मिति २०७७।८।१६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ४४ का १ जना पुरुष तथा बेनी ७ बस्ने वर्ष ४०, १०, ३२ र ४८ का ४ जना पुरुष तथा बेनी १ का वर्ष ३० का १ जना पुरुष गरी ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।