सांसद थापाले बाडे ४० योजनामा ४ करोड बजेट

विकल्प न्यूज/बेनी
मंसिर १९ गते ।

 संघिय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्र्तगत म्याग्दीमा ४ करोड बजेटलाई विभिन्न ४० योजनामा विनियोजन गरिएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि ४० वटा योजनालाई सो बजेट बाँडफाँड गर्नुभएको हो । स्थानीय तहहरु मार्फत कार्यान्वयन हुने कार्यक्रमका लागि सडक, नदी नियन्त्रण, विद्यालय र खेल पूर्वाधार, भवन लगायतका योजनालाई सिफारीस गरिएको छ ।

सो बजेटबाट अन्नपूर्ण गाउँपालिका ७ वटा योजनामा ७० लाख, रघुगंगामा ७ वटा योजनामा ६६ लाख, मंगलामा ६ वटा योजनालाई ६८ लाख , मालिकामा ७ वटा योजनामा ६६ लाख, धवलागिरिमा ६ वटा योजनामा ६७ लाख र बेनी नगरपालिकामा ७ वटा योजनामा ६३ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटबाट कार्यविधि अनुसार, एक निर्वाचन क्षेत्र हुने जिल्लामा स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट १.२५ प्रतिशत रकम जिसस प्रशासनिक खर्चमा कटौती हुने निमित्त जिल्ला समन्वय अधिकारी आकांक्षा रिजालले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा साँसद थापा संयोजक, अर्का साँसद थममायाँ थापा र जिसस प्रमुख देवेन्द्रबहादुर केसी सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिब रहेको समितिले पार्टी र स्थानीय तहबाट छनौट भएर आएका योजनाहरुलाई बजेट विनियोजन गरेको हो ।

अन्नपूर्णको भिरकाटे–दोबा सडक स्तरोन्नतीमा २० लाख, दरविन डाँडा सामुदायिक भवनको लागि ५ लाख, दाना–दुवाडी मोटरबाटोको लागि १४ लाख, नारच्याङमा शहिद स्मारक प्रवेशद्धार निर्माणका लागि १० लाख, दानाको डाँडागाउँ खानेपानी योजनाका लागि ५ लाख, भुरुङ तातोपानीको ठुलो खोला कटुञ्जे सडक निर्माणको लागि ८ लाख र पाउद्धार खयर बराह युवा क्लबको खेलमैदानका लागि ८ लाख बजेट विनियोजन भएको छ ।

रघुगंगामा बेगखोला खेल मैदानमा १० लाख, बाँदुक खेल मैदानका लागि ८ लाख, चिमखोलाको धमाखु खेलमैदानका लागि ८ लाख, बैसरी रिसिनचौतारी वडा कार्यालय सडकलाई १५ लाख, मौवाफाँट मुल गाउँ मोटरबाटो निर्माणको लागि ८ लाख ,पाखापानी सामुदायिक भवन निर्माणको लागि ८ लाख दर्मिजा तातोपानी कुण्ड संरक्षण तथा व्यवस्थापनमा ९ लाख बजेट विनियोजन भएको छ ।

बेनी नगरपालिकामा खबरा–अर्जम सडकलाई रु ९ लाख, तातोपानी मसार नदि नियन्त्रणको लागि १० लाख, पुलाचौर खेलमैदानलाई ८ लाख, काउलेगौँडाको घतान खेलमैदानलाई १० लाख, वाखेत–आल्बोट–खाल्टे पदमार्गलाई ९ लाख, बेनपा–६ को छपैसे खेल मैदानको लागि ८ लाख र म्याग्दी बहुमुखी क्याम्पसको छात्राबासलाई ९ लाख बजेट विनियोजन गरिएको छ ।

मंगला गाउँपालिकाको हाँडेभिर तटबन्धको लागि २४ लाख, अर्मन खोला तटबन्धको लागि ८ लाख, हिलबाङ खोला तटबन्धको लागि ११ लाख, नेटा खेलमैदानको लागि ७ लाख, धापुङ बुकेनी खेल मैदानको लागि १० लाख र न्यूहुँखोला महेश धापुङ सिर्कुम सडकलाई ८ लाख बजेट विनियोजन गरिएको छ ।

मालिका गाउँपालिकामा अधिभारा टाक्से रुम सडक स्तरोन्नतीमा ८ लाख, पात्ले थापुङ सडक निर्माणको लागि ९ लाख, देविस्थानको रुन्म खेल मैदानलाई १० लाख, चिउरीबोट खबाङ सिस्नेरी सडकलाई १३ लाख , दिच्याम खेल मैदानलाई ८ लाख, दुखु खेलमैदानलाई ८ लाख र बिमको तल्लो गाउँ खेल मैदानलाई १० लाख बजेट विनियोजन भएको छ ।

धवलागिरि गाउँपालिकामा बराहताल धारापानी ढल निकासलाई १२ लाख, मल्कबाङको दलित सामुदायिक भवनलाई १० लाख, मच्छिमको कृषि सडकलाई १० लाख, आर्बाङ्ग प्रगतिशिल युवा क्लब खेलमैदानलाई ८ लाख, ताकम मावि भवन निर्माणका लागि १० लाख र राम्चे–जेवाङ–बुल–मलम्पार मोटरबाटोलाई १७ लाख बजेट विनियोजन गरिएको छ ।