जलजलामा थपीए १२ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।

 म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा थप १२ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर ३ मा मल्लाजका १० जना र वडा नम्बर ७ धाइरिङका १ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बनौं स्वास्थ्यचौकीमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

असोज १७ गते एक सय १ जनाको स्वाव संकलन गरेर पठाएकोमा १२ जनामा कोरोना  पुष्टि भएको  जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

संक्रमित हुनेहरुमा पर्वत बेनीका धेरै छन् । एनआईसि एशिया बैंकमा कार्यरत २ र सांग्रिला वैककका कर्मचारी १ जना, वडा नम्बर ९ बनौं स्वास्थ्य चौकीका  स्वास्थ्यकर्मी कुस्माका वासिन्दा हुन ।

दुइ हप्ता जलजलामा एकै पटक १६ जनामा कोरोना पुष्टि भएपछि एक घर एक पिसिआर परिक्षण अभियान सञ्चालन गरेको छ । संक्रमित सवै कन्ट्रयाक्ट टे«सिङका क्रममा पहिचान भएका हुन । कोरोनाको जोखिम बढेपछि जलजलाले २० गतेबाट लकडाउन गरेको छ ।