गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु

विकल्प न्यूज/बेनी
कार्तिक१८गते। 

कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार थपिएका संख्या सँगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।

  • स्वास्थ्य निर्देशनालय पोखराले मंगलबार जारी गरेको विज्ञप्ती अनुसार पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिलाको १७ गते राती ११ बजे उपचारका क्रममा मृत्यु भएको छ । उनको १४ गते कोरोना पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका १३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको १८ गते विहान ११ बजेर ४५ मिनेटमा ज्यान गएको छ । उनको १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बागलुङ नगरपालिका ३ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको १८ गते विहान १० बजेर २० मिनेटमा निधन भएको छ ।
  • यस्तै बागलुङ नगरपालिका ३ का ६१ वर्षीय कोरोना संक्रमित पुरुषको १७ गते बेलुका ५ बजेर ३० मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । उनको पनि १७ गते नै कोरोना पुष्टि भएको थियो ।
  • तनहुँ जिल्ला ब्यास नगरपालिका ५ का ६६ वर्षीय कोरोना संक्रमित पुरुषको १७ गते विहान २ बजेर १५ मिनेटमा ज्यान गएको थियो । उनको १६ गते कोरोना पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका ६ का ७२ वर्षीय कोरोना संक्रमितको १७ गते विहान ४ बजेर १५ मिनेटमा निधन भएको थियो । उनको १४ गते कोरोना पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका ३ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको १७ गते विहान ११ बजेर ४५ मिनेटमा ज्यान गएको हो । उनको १२ गते कोरोना पुष्टि भएको थियो ।
  • र नवलपुर पूर्व जिल्ला देवचुली नगरपालिका ११ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको १६ गते विहान ११ बजेर २६ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो । उनको १६ गते नै कोरोना पुष्टि भएको थियो । मृतक सवैको नेपाली सेनाले शब व्यवस्थापन गरेको छ ।